Logo

२०८३, कार्तिक २८गते


images
images

धर्मराज थापा लोकगीत प्रतियोगितामा तनहुँका पदम नेपाली प्रथम  

धर्मराज थापा लोकगीत प्रतियोगितामा तनहुँका पदम नेपाली प्रथम  

images
  • सेतोमसी सहकर्मी
  • धर्मराज थापा लोकगीत प्रतियोगितामा तनहुँका पदम नेपाली प्रथम  
    images

    राजेश  पराजुली, पोखरा । पोखरा जनकविकेशरी धर्मराज-सावित्री थापा प्रतिष्ठानद्वारा आयोजित ‘धर्मराज थापा लोकगीत प्रतियोगिता’ मा तनहुँका पदम नेपाली प्रथम भएका छन् ।

    images
    images
    images

    प्रतियोगितामा ५७ टिमले सहभागिता जनाएका थिए । जसमा रुकुम पूर्वका समीर पुन दोस्रो र कास्कीका सम्राट गायक तेस्रो भए । नवलपुरकी देवी महतो र तनहुँका सन्तराज विकले सान्त्वना पुरस्कार प्राप्त गरे ।

    images
    images
    images

    उत्कृष्ट १० मा पर्न सफल पाल्पाका रविन नेपाली र सीमा सारु, सुर्खेतका खगेन्द्र परियार, गोरखाका निश्चल गुरुङ र स्याङ्जाका दिलीप मानन्धरलाई नगदसहित सम्मान गरियो ।

    images
    images

    गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीले देशविदेशमा पैताला खियाएर नेपाली लोकसंस्कृतिको प्रचार गर्दै हिंड्ने जनकविकेशरी धर्मराज थापा अजर प्रतिभा भएको बताए ।

    प्राज्ञ हरिदेवी कोइरालाले धर्मराज थापा नेपाली लोकसंस्कृतिको धरोहर भएको उल्लेख गरिन् । 

    पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पद्मराज ढकालले ‘नेपालीले माया मार्‍यो बरिलै’ जस्ता मर्मस्पर्शी गीत गाउने जनकविकेशरीको आगामी वर्ष शतवार्षिकी भव्यरुपमा मनाउनुपर्नेमा जोड दिए ।

    गायक चोलेन्द्र पौडेलको संयोजकत्वमा गठित निर्णायक समितिमा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान गण्डकी अध्यक्ष राजन कार्की, गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ दिलीप गायक सदस्य थिए । 

    प्रतिष्ठान अध्यक्ष मदनराज थापाको अध्यक्षतामा भएको कार्यक्रममा सचिव कुञ्जराज थापाले स्वागत र सञ्चारकर्मी कृष्ण सुवेदीले संचालन गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।