Logo

२०८३, श्रावण ३१गते


images
images

राष्ट्र बैंकले १ अर्ब ९३ करोड ब्याजमा लगानी गर्ने

राष्ट्र बैंकले १ अर्ब ९३ करोड ब्याजमा लगानी गर्ने

images
  • राष्ट्र बैंकले १ अर्ब ९३ करोड ब्याजमा लगानी गर्ने
    images
    images

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले विभिन्न कोषहरूमा रहेको १ अर्ब ९३ करोड रुपैयाँ बढी पैसा ब्याजमा लगानी गर्ने भएको छ । बैंकले आगामी वैशाख २ गतेदेखि २०८१ वैशाख २ गतेसम्म १ वर्षका लागि क, ख र ग वर्गका बैङ्कहरूमा कूल १ अर्ब ९३ करोड ५८ लाख रुपैयाँ मुद्दती निक्षेपमा राख्न लागेको हो । 

    images
    images
    images

    इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले चैत १७ गतेसम्म निक्षेपका लागि राष्ट्र बैंकमा निवेदन दिन सक्नेछन् । 

    images
    images
    images

    सूचना अनुसार कूल रकम मध्ये क वर्गको वाणिज्य बैङ्कहरूमा १ अर्ब ५४ करोड ८६ लाख रुपैयाँ बचत गरिनेछ भने ख वर्गको विकास बैङ्कहरूमा २९ करोड ४ लाख रुपैयाँ र ग वर्गको राष्ट्रिय स्तरका वित्त कम्पनीहरूमा ९ करोड ६८ लाख रुपैयाँ बचत गरिने बैंकले जनाएको छ । 

    images
    images
    images

    तर, यस्तो निक्षेप चाहने बैंक तथा वित्तीय संस्थाहरूले तोकिएको न्यूनतम पूँजीकोष कायम गरेको हुनुपर्नेछ भने निष्क्रिय कर्जा कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम हुनुपर्ने सर्त लागू हुने बैंकले जनाएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाल राष्ट्र बैंक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।