Logo

२०८३, कार्तिक २८गते


images
images

चेपाङ समुदायका एकल महिलालाई बाख्रा वितरण

चेपाङ समुदायका एकल महिलालाई बाख्रा वितरण

images
  • सेतोमसी सहकर्मी
  • चेपाङ समुदायका एकल महिलालाई बाख्रा वितरण
    images

    राजेश पराजुली, गण्डकी प्रदेश । चितवनको इच्छाकामना गाउँपालिकाका एकल महिलाहरुलाई आयआर्जनका लागि बाख्रा वितरण गरिएको छ ।

    images
    images
    images

    सपना भिलेज सोसल इम्प्याक्टले एकल महिला सशक्तिकरण परियोजना अन्तर्गत वडा नं १ का १५ जना महिलालाई जनही ४ वटाका दरले बाख्रा वितरण गरेको हो । सो वडाका २१ जना एकल महिलाको पहिचान गरी दीगो आयआर्जनका लागि बाख्रा वितरण गरिएको इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले जानकारी दिए ।

    images
    images
    images

    सोमबार १५ जनालाई बाख्रा वितरण गरिएको र बाँकी छ जनालाई केही दिनपछि वितरण गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए । सीमान्तकृत चेपाङ समुदायका एकल महिलाको जीवन स्तर उकास्न आयमुलक कार्यक्रम ल्याइएको गिरीले बताए । त्यसैगरी इम्प्याक्टले सोही वडाका एकजना एकल पुरुषलाई फलफुल खेतीका लागि सहयोग गर्ने भएको छ । उनलाई सुरुमा सिंचाईको लागि पाइप दिने र आवश्यक अन्य सहयोग गरिने छ ।

    images
    images

    अर्की एकजना एकल महिलालाई किराना पसल सञ्चालनको लागि आवश्यक सामाग्री सहयोग गरिने इम्प्याक्टका अध्यक्ष गिरीले बताए । सो वडाको कोलभन्ज्याङमा आयोजित एक औपचारिक कार्यक्रमका बीच इम्प्याक्टका अध्यक्ष गिरी,कार्यक्रम निर्देशक सुजन बस्नेत र वडाध्यक्ष सन्तबहादुर रानामगरले महिलाहरुलाई बाख्रा हस्तान्तरण गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।