Logo

२०८३, आश्विन ९गते


images
images

पाल्पाको रिब्दिकोटमा सरायनाच मेला

पाल्पाको रिब्दिकोटमा सरायनाच मेला

images
  • सेतोमसी सहकर्मी
  • पाल्पाको रिब्दिकोटमा सरायनाच मेला
    images
    images

    कृष्ण रणपाल, पाल्पा । पश्चिम पाल्पाको रिब्दीकोट गाउँपालिकाको पालुङ मैनादीमा रहेको कान्ताश्रम पर्यटन प्रबर्द्धन समितिले चैते दशै मेलाको अवसरमा पुजा तथा सरायनाच मेला सम्पन्न भएको छ । 

    images
    images
    images

    विहार मन्दिर परिसरमा पुजा आजा गरि बोका, रागो, भालेको बली र रोट चढाई दिउँसोपख सरायनाच  खेलेर चैते दशै मनाईएको छ । कोभीड पछीको दोस्रो पुजा गरिएको यो मन्दिरमा अहिले भक्तजनहरुको बाक्लो उपस्थिति रहेको छ । 

    images
    images
    images

    कान्ताश्रम पर्यटन प्रबर्द्धन समितिका निमित्त अध्यक्ष जगदीश नेपालका अनुसार २०३९ सालमा योगीकुटीमा स्वामीको रुख ढलेर २०४४ सालमा आफैं स्वामीको रुख उठेको हुनाले उक्त रुखमा देवी शक्ति प्रकट भएको परम्परागत मान्यता अनुसार उक्त स्वामीको बोटमा कालिका देवीको मन्दिर स्थापना गरिएको बताए । त्यसपछि २०६८ सालदेखि नेपाल सरकार पर्यटन मन्त्रालयको १२ लाखको आर्थिक सहयोगमा स्वर्गीय डील्लीराज नेपाल र कविन्द्र नेपालको पहलकदमीमा  तारबार, बाल, कम्पाउन्ड घेर्ने तथा मन्दिर संरचना तथा बगैंचा निर्माणको काम सम्पन्न भएको बताए । 

    images
    images
    images

    त्यस्तैगरि मन्दिर निर्माण समितिका उपाध्यक्ष वेन बहादुर पुनले मन्दिर स्थापना भएपछि स्थानीय बासिन्दाको आर्थिक सहयोगमा प्रतिव्यक्ति १ हजार रकम उठाई  त्यसको व्याजबाट मन्दीरमा चैते दशैको बेलामा पुजा तथा सरायनाच आयोजना गरिएको बताए । 

    उनले मन्दिरको आर्थिक अवस्था अत्यन्तै दयनीय भएकोले मेलामा सके अनुसारको कार्यक्रम अझै विस्तृतरुपमा गर्न पछी परेको  बताउदै यसको धार्मिक तथा पर्यटकीय विकासमा विभिन्न संघसंस्थाबाट सहयोगको आवश्यकता रहेको बताए । 

    त्यस्तैगरि उक्त मन्दिर निर्माण समितिका सदस्य नारायण बहादुर कुवरले आफ्नो पहलमा निशुल्क रुपमा ४ महिना मन्दिरमा रेखदेख तथा सहयोग गरेको बताए । मन्दिर निर्माण समितिका सदस्य लिला कुवरका अनुसार ढलेको स्वामी सुकेर यसको अवशेष नास भएकोले उक्त ठाँउमा २०६० सालमा अर्को स्वामी रोपेर त्यस ठाँउमा पुजा गर्न थालियको बताइन । 

    यो मन्दिर स्थापना हुनुको पौराणिक कारण २०३९ सालमा रातको १२ बजे आगोको राको बलेर यश ठाँउमा खसेको र त्यसको भोलिपल्ट स्वामी ढलेको स्थानीय बासिन्दाले प्रत्येक्षरुपमा देखेको हुँदा त्यस ठाँउमा भगवानको सत छ भन्ने जनबिस्वासका आधारमा मन्दिर खडा गरि पुजा गर्न लागिएको जनाईएको छ । 

    यो मन्दिरमा दर्शन तथा पुजा गर्न आउने जोकोही श्रद्दालु भक्तजनहरुले भाकल गरेको कुरा पुग्ने भएकोले पाल्पा, रुपन्देही, गुल्मी, स्याङ्जा, अर्घाखाँचीलगायतका विभिन्न जिल्लाबाट दर्शन गर्न आउनेहरुको बाक्लो घुइँचो लाग्ने गर्दछ । 

    यसको उचित व्यवस्थापन तथा संरक्षण गर्न स्थानीय सरकार, प्रदेश तथा संघीय सरकारको सहयोग अपरिहार्य रहेको छ । 

     यो मन्दिरको थप प्रचारप्रसार गर्न सकेमा आगामी दिन पश्चिम पाल्पाको धार्मिक तथा ऐतिहासिक क्षत्रको विकास हुने स्थानीय बासीहरु  बताउछन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सरायनाच मेला
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।