Logo

२०८३, श्रावण २७गते


images
images

झन बढ्दै वायु प्रदुषण, तत्काल सुधार नहुने संकेत

झन बढ्दै वायु प्रदुषण, तत्काल सुधार नहुने संकेत

images
  • झन बढ्दै वायु प्रदुषण, तत्काल सुधार नहुने संकेत
    images
    images

    चैत्र २५, काठमाडौं । गत साता सामान्य वर्षापछि अलि कम भएको वायु प्रदूषण र तुवाँलोको समस्या देशभर फेरि विकराल बन्दै गएको छ । तुवाँलो हिमाली भेगमा भन्दा बढी पहाडी र तराइ भेगमा निकै फैलिएको छ । यसले गर्दा जनजीवनमा असर परेको छ । वायु प्रदूषणले आँखा रातो हुने, घाँटीमा समस्या आउने र टाउको दुख्ने र दीर्घकालीन रुपमा फोक्सोको क्यान्सर, मुटुसम्बन्धी रोग, मस्तिष्कघात जस्ता स्वास्थ्य समस्या देखिने सम्भावना रहेको चिकित्सकहरुले बताएका छन् ।

    images
    images
    images

    मौसमविद्का अनुसार चैतका बेला हावाहुरी चल्ने तथा मेघगर्जनसहित वर्षा हुनुपर्ने हो। तर निकै दिनदेखि त्यसो हुन नसक्दा मौसम सुक्खा भई देशभर डढेलो बढेको छ। जसको धुवाँ ले वायु प्रदूषण पनि बढेको हो। यसैगरी वायु मण्डल स्थिर हुँदा अर्थात् चलायमान नहुँदा तल्लो वायु मण्डलमा रहेका धुलकण/फोहोर हट्न नपाएको मौसमविद् बताउँछन्।

    images
    images
    images

    हिउँदे वर्षा अभावका कारण यो वर्ष पुस महिना अगावै डढेलो र आगलागी सुरु भएको थियो । मौसमविद्हरुले यसरी प्रदूषण बढ्नुमा वन डढेलोलाई प्रमुख कारण मानिरहेका छन् । तर सरकार ले यो सम्बन्धी सचेतना मुलक बिभिन्न कार्यक्रम गरेको छैन । 

    images
    images
    images

    अझै केही दिन वर्षा नहुने मौसमविद् बताउछन । तुवाँलो हट्नको लागि ठूलो वर्षा या ठुलो हुरी आबस्यक हुन्छ । अझै केही दिन प्रदुषण झन बढ्ने छ । वायु प्रदूषण नियन्त्रण गर्न फोहोर नजलाउने, पुराना सवारी साधन नचलाउने र न्यूनीकरणका लागि दीर्घकालीन पहल आवश्यक छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मौसम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।