Logo

२०८३, कार्तिक २८गते


images
images

नेकपा (क्रान्तिकारी माओवादी) पश्चिम नवलपरासीमा नयाँ नेतृत्व

नेकपा (क्रान्तिकारी माओवादी) पश्चिम नवलपरासीमा नयाँ नेतृत्व

images
  • नेकपा (क्रान्तिकारी माओवादी) पश्चिम नवलपरासीमा नयाँ नेतृत्व
    images

    नवलपरासी । नेकपा (क्रान्तिकारी माओवादी) जिल्ला समिति पश्चिम नवलपरासीको शनिवार बर्दघाटमा सम्पन्न प्रथम जिल्ला भेलाले नयाँ नेतृत्व चयन गरेको छ। 

    images
    images
    images

    भेलाले पार्टीका प्रदेश सदस्य समेत रहेका 'समर'को नेतृत्वमा २१ सदस्सीय जिल्ला समिति निर्वाचित गरेको हो । जसको जिल्ला सदस्यहरुमा  बिबेक, क्रान्ति, न्युक्लियस, बसन्त, अनिल, सरोज,  राधा, कमल, श्याम, प्रशान्त, गोबिन्द, ,ओमप्रकाश, साका, संर्घष,  नीता, विप्लव र निर्मल रहेका छन ।

    images
    images
    images

    भेलाको उद्घाटन गर्दै प्रमुख अतिथि क्रान्तिकारी माओवादीका केन्द्रीय सल्लाहकार तथा जिल्ला ईञ्चार्ज संकल्पले जिल्लामा पार्टीका गतिबिधिहरु तीब्र बन्दै गएको नयाँ आशाको संचार भएको उल्लेख गरे । उनले क्रान्तिकारी धुब्रीकरणको परिस्थिति बन्दै गइरहेको समेत चर्चा गरेका थिए ।

    images
    images

    कार्यक्रममा देशभक्त जनगणतान्त्रिक मोर्चाका जिल्ला संयोजक चुडामणी भण्डारी, अखिल नेपाल थारु राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय महासचिव दुर्गा नारायण थारु, शहिद परिवारको तर्फबाट उर्मिला क्षेत्रीलगायतले शुभकामना दिएका थिए । 

    कार्यक्रममा क्रान्तिको स्वागत र न्युक्लियसको संचालन रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।