कृष्ण अन्जान, गुल्मी । गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा न १ च्यूरेकमा भुस्याहा कुकुरको भिषण आक्रमण भएकाे छ। स्थानीय सिमा विकले पालेका बाख्रामाथि सातवटाकाे सँख्यामा आएका कुकुरकाे समुहले घेरा हालेर आक्रमण मात्र गरेनन, दुईवटा बाख्राका पाठीलाई लछारपछार पछार गरेर टुक्राटुक्रा पारेर खाएका छन भने माउ बाख्रालाई समेत टाेकेर घाईते बनाएका छन ।
आईतवार अपरान्ह काेहि पनि नभएको मौका पारि बाख्रामाथि भुस्याहा कुकुरले घेरा हालेर आक्रमण गरेकाे बताईन्छ ।
बाख्रा पालन गरेर जिविकाे पार्जन गरिरहेकि सिमा विक याे क्षतिले मर्माहत भएकि छन।
रुरुक्षेत्रकाे च्यूरेक र थानपति क्षेत्रमा बिगतका महिनादेखि शृंखलाबद्ध रुपमा कुकुरको आक्रमण जारी छ ।
यसअघि पनि रुरुक्षेत्र ३ का दुर्गा विक, युवराज गौतम, रिता विक र रुरुक्षेत्र १ च्यूरेककि सीता विकका बाख्रालाई भुस्याहा कुकुरको समुहले आक्रमण गरेकाे थियाे ।
यसैगरी रुरुक्षेत्र १ च्यूरेक जिमिरखर्ककि काेपिला न्यौपानेलेलाई घरमै कुकुरले आक्रमण गरेकाे थियाे भने रुरुक्षेत्र १ का वडासदस्य घनस्याम ज्ञवालीलाई पनि कुकुरले आक्रमणकाे प्रयास गरेकाे थियाे ।
भुस्याहा कुकुर नियन्त्रणमा रुरुक्षेत्र गाउँपालिकाले अभियान सन्चालन गरेपनि कुकुर नियन्त्रण भन्दा नियन्त्रण बाहिर गएकाे यी घटनाले देखाएको छ ।
यसरी शृंखलाबद्ध रुपमा कुकुरले सामुहिक रुपमा पशुचाौपाया माथि आक्रमण गर्न थालेपछि पशु कुकुरबाट कसरी जाेगाउने र मान्छे समेत कसरी जाेगिने भन्ने चिन्ता च्यूरेक र थानपतिका बासिन्दाहरुमा छ ।
यस अघि मान्छेलाई आक्रमण गर्ने कुकुरमा रेविज रहेकाे पुष्टि भएपछि त्रास झन बढेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology