Logo

२०८३, आश्विन ९गते


images
images

एकैदिन प्रतितोला एक हजार रुपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ खरिद–बिक्री?

एकैदिन प्रतितोला एक हजार रुपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ खरिद–बिक्री?

images
  • एकैदिन प्रतितोला एक हजार रुपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ खरिद–बिक्री?
    फाइल फोटो
    images
    images

    काठमाडौं । मंगलबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ।

    images
    images
    images

    गत कारोबार दिन अर्थात् सोमबार प्रतितोला छ सय रुपैयाँ घटेको सुनको मूल्य यस दिन प्रतितोला एक हजार रुपैयाँ बढेको हो।

    images
    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख नौ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।

    images
    images
    images

    सोमबार छापावाल सुन प्रतितोला एक लाख आठ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख सात हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो। 

     

    त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भइरहेको छ। 

    सोमबार चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा किनबेच भएको थियो।

    सोमबारको तुलनामा आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ बढेको हो।

    आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ८१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।