Logo

२०८३, आश्विन १०गते


images
images

लाभांस घोषणा सहित सिक्लेस हाइड्रोपावरको १८ औं वार्षिक साधारण सभा सम्पन्न

लाभांस घोषणा सहित सिक्लेस हाइड्रोपावरको १८ औं वार्षिक साधारण सभा सम्पन्न

images
  • लाभांस घोषणा सहित सिक्लेस हाइड्रोपावरको १८ औं वार्षिक साधारण सभा सम्पन्न
    images
    images

    राजेश  पराजुली, पोखरा । सिक्लेस हाइड्रोपावर लिमिटेडको लाभांस घोषणा सहित १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । १३ मेघावाटको मड्क्यु खोला जलविद्युत आयोजनाले बिहिबार पोखराको आभ्या क्लवमा सम्पन्न साधारण सभामा कर सहित १०.५२ प्रतिशतको लाभांस घोषणा गरेको हो ।

    images
    images
    images

    साधारण सभामा बोल्दै कृषि, उर्जा तथा जलश्रोत मन्त्री बेद बहादुर गुरुङ्गले लाभांस वितरण गर्न सक्ने अवस्थामा आइपुग्नु लिमिटेडको सफलता भएको बताए । मन्त्री गुरुङ्गले लिमिटेडका संस्थापक स्व.सूर्यबहादुर केसीको स्मृती गर्दै उनकै आँट र उर्जाका कारण सिक्लेसमा यो हाइड्रोपावर पुगेको औल्याए । यो योजना सिक्लेसवासीका लागि ऐतिहाँसिक र गर्व गर्न लायक योजना भएको मन्त्री गुरुङ्गको भनाई थियो । मादी गाउँपालिका वडा १ का वडाध्यक्ष देवीजंग गुरुङ्गले कम्पनीलाई स्थानियले विगतकै जस्तो साथ र सहयोग गर्नुपर्नेमा जोड दिए ।

    images
    images
    images

    सो अवसरमा बोल्दै लिमिटेडका प्रबन्ध निर्देशक रोशन केसीले हाइड्रो निर्माण शुरु भएपछि गोर्खा भूकम्प, बाढी, कोरोना महामारी जस्ता समस्यासंग जुध्न पर्दा आयोजना अनुमानित समय भन्दा केहि ढिला सम्पन्न भएको तथा लागत पनि केहि बढी पर्न गएको बताए । २ अर्व ३१ करोड ७६ लाखको आयोजना निर्माण ढेकेदार, परामर्शदाता, लगानीकर्ता बैंक तथा मेहेनती कर्मचारीका कारण यो अवस्थासम्म आइपुगेको उल्लेख गर्दै सबैप्रति कृतज्ञता जाहेर गरे ।

    images
    images
    images

    गैर आवासिय नेपाली संघका अध्यक्ष समेत रहेका लिमिटेडका निर्देशक कुल आचार्यले नेपालमा हाइड्रोपावरको सम्भावनाका बारेमा प्रकाश पार्दै मुलुकको आर्थिक विकासका लागि हाइड्रोमा थप लगानी गर्नुपर्नेमा जोड दिए । लिमिटेडका निर्देशक सुनिल नारायण श्रेष्ठले साधारण सभामा शेयर सदस्यहरुले उठाएका जिज्ञासा मेटाएका थिए । सो अवसरमा पब्लिकको तर्फबाट लिमिटेडले महेश कार्कीलाई निर्देशकमा मनोनित गर्यो । लिमिटेडका प्रबन्धक निराजन महर्जनले कार्यक्रम सञ्चानल गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सिक्लेस हाइड्रोपावर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।