Logo

२०८३, आश्विन १०गते


images
images

एक वर्षसम्म धितो लिलाम प्रकिया स्थगन गर्न देवदहका व्यवसायीको माग 

एक वर्षसम्म धितो लिलाम प्रकिया स्थगन गर्न देवदहका व्यवसायीको माग 

images
  • एक वर्षसम्म धितो लिलाम प्रकिया स्थगन गर्न देवदहका व्यवसायीको माग 
    images
    images

    देवदह । देवदहका व्यावसायिक संघ-संस्थाहरूले बैंक व्याजदरमा न्युनीकरण तथा घरबहालमा सहुलियतका लागि नगरपालिकामा ज्ञापन-पत्र बुझाएको छ। बिहिबार देवदहमा क्रियाशील व्यवसायिक संस्थाहरूले एक वर्षसम्म धितो लिलाम प्रकिया स्थगन लगायतका माग सहित नगरप्रमुख धुर्व प्रसाद खरेललाई ज्ञापन-पत्र बुझाएका हुन्।  

    images
    images
    images

    विगत केही वर्षदेखि उद्योग र व्यापार व्यवसायमा कोरोना भाइरस कोभिड - १९ पछिको नकारात्मक प्रभाव र विविध कारणले उद्योग धन्दा र व्यापार व्यवसाय धराशायी हुँदै गएको कुरा उल्लेख गर्दै ज्ञापन-पत्रमा राष्ट्र बैंकको मौद्रिक नीति तथा बैंक तथा वित्तीय संस्थाहरुको चर्को व्याजदरका कारण व्यवसायीहरु आफ्नो जीवनयापन गर्न नसक्ने र बैंकको किस्ता र व्याज भुक्तानी गर्न नसक्दा बैंकमा धितो राखिएको चल-अचल सम्पत्ति लिलाम भई खुल्ला आकाशमुनी पुग्ने अवस्था सिर्जना हुन लागेका जनाएका छन्। 

    images
    images
    images

    "देशको अर्थ व्यवस्था व्यवसायीमुखी बनाउन, एकल अंक नबढ्ने गरी न्यूनतम ब्याजदर कायम गर्न, राष्ट्र बैंकको स्कुलर अनुरुप फिर्ता गर्नुपर्ने व्याज रकम अबिलम्ब फिर्ता गर्न, ऋण लगानीको समयमा सम्झौता गरिएको प्रिनियमदर परिवर्तन नगर्न, नेपाल राष्ट्र बैंकको नीति अनुसार कुनै ऋणीको धितो लिलाममा लैजान परेको अवस्था भएता पनि वर्तमान आर्थिक मन्दीको स्थितिलाई ध्यानमा राखी ऋणीसंग समन्वय गरी एक वर्षसम्म धितो लिलाम प्रकिया स्थगन गर्न, ऋणीलाई ऋण लगानीको समयमा ऋण सम्बन्धी ऋण शिक्षाको तालिम दिन, ऋण असुली प्रकिया सरल बनाउन, एक वर्षसम्म हर्जना छुट प्रदान गर्न र एक वर्षसम्म व्यवसायिक शटरको बहालमा सहुलियतको व्यवस्था गर्न व्यवसायीहरूले माग गरेका छन्। 

    images
    images
    images

    ज्ञापन-पत्रमा संघर्ष समिति संयोजक धन बहादुर अधिकारी, उद्योग व्यापार संघ देवदहका अध्यक्ष मेघराज ढकाल, उद्योग वाणिज्य संघ देवदहका अध्यक्ष 
     हरि भण्डारी र देवदह व्यापार संघका अध्यक्ष  कोश बहादुर गुरुङले हस्ताक्षर गरेका छन्। 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।