Logo

२०८३, आश्विन ९गते


images
images

एचआइभी संक्रमितहरूको मानव अधिकारको संरक्षण गर्न लुम्बिनी प्रदेश प्रतिबद्ध

एचआइभी संक्रमितहरूको मानव अधिकारको संरक्षण गर्न लुम्बिनी प्रदेश प्रतिबद्ध

images
  • एचआइभी संक्रमितहरूको मानव अधिकारको संरक्षण गर्न लुम्बिनी प्रदेश प्रतिबद्ध
    images
    images

    बुटवल  । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले एचआइभि संक्रमितहरुको मानव अधिकारको संरक्षक गर्न प्रदेश  सरकार र प्रदेश सभा  प्रतिबद्ध रहेको बताएका छन ।

    images
    images
    images

     राष्ट्रिय मानवअधिकार   आयोगको आयोजनामा शनिवार भैरहवामा भएको  एचआइभि संक्रमितहरुको मानव अधिकारको अवस्थामा विषयक अन्तरकृया कार्यक्रममा  सभामुख घर्ती मगरले  संक्रमितको अधिकार संरक्षक हुने गरि उनीहरुलाइ स्वास्थ्य शिक्षा, रोजगारी आदिलाई   प्राथमिक दिएर कार्यक्रम तथा  निति निर्माण गर्ने बताएका थिए  । स्वास्थ्य कानुनमा संक्रमितहरु लाई सम्बोधन हुने गरि कानुन बनाउन आफु तयार रहेको बताएका छन ।

    images
    images
    images

    कार्यक्रममा  सामाजिक बिकास मन्त्रालयका सचीव कृष्ण प्रसाद पन्थले संक्रमितहरुको शिक्षा स्वास्थको सहज पहुँचको लागी समन्वय गर्ने  प्रतिबद्धता जनाए ।    कार्यक्रममा सहभागी एचआईभी संक्रमितहरुको क्षेत्रमा कार्यरत  संघका प्रतिनिधिहरुले संक्रमितहरुको गोपनियता , शिक्षा , स्वास्थ्य तथा बाच्न पाउने अधिकारको सुनिश्चितता गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।  

    images
    images
    images

    उनीहरुले एआरटि सेन्टरको ब्यावस्थानमा अस्पतालले चासो नदिएको गुनासो गरेका थियो ।  मायादेवी गाउँपालिकाका अध्यक्ष  धुर्ब नारायण चौधरी,  शिद्धार्थनगर नगरपालिका उपमेयर उमा काफ्ले, रोहिणि गाउँपालिका अध्यक्ष बिद्या प्रसाद यादव , उपाध्यक्ष शिबकान्ति चमार लगायतले पालिकाले संक्रमितहरुको लाभ हुने गरि रणनीति योजनामा समाबेश गरेर  लैजाने बताए  ।  

    रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे,गैरसरकारी संस्था महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष सुशीला बेल्बासे प्रदेश सरकार र स्थानीय तहले नीतिनिर्मातामा संक्रमितहरुको समस्या सम्बोधन गरिनु पर्नेमा जोड दिए ।

    आयोगका सचीव मुरारी प्रसाद खरेल, आयोगका उप सचीव बुद्ध नारायण साहनि , बुटवल कार्यलयका अधिकृत दिपक ठाकुरले मानव अधिकारको सवालमा विभिन्न सरोकारवाला  संघसंगठनसंग सहकार्य गरि काम गर्ने बताए  ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एचआइभी संक्रमित
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।