Logo

२०८३, आश्विन ९गते


images
images

अक्षर

यात्रु बसमा विना गाली विद्यार्थीले भाडा छुट कहिले पाउलान्?

यात्रु बसमा विना गाली विद्यार्थीले भाडा छुट कहिले पाउलान्?

images
  • यात्रु बसमा विना गाली विद्यार्थीले भाडा छुट कहिले पाउलान्?
    images
    images

    जीन्दगी सफर हो। चलिरहन्छ। सजिलो अप्ठ्यारो सबैको एकैनास त नहोला तर जहाँ, जसरी पनि सित्तैमा दौडिरहन्छ। कतिबेला कहा टुङ्गिने हो पत्तै हुँदैन। तर के जिन्दगी चल्नलाई चल्ने सफर पनि सित्तैको हुन सक्छ त? लोकल बसमा पाइला राखेकै मात्र त २५ रुपैयाँ लाग्ने गर्छ। 

    images
    images
    images

    घर छिमेकको दाइले बाटोमा गाडी चालक र सहचालकले विद्यार्थीसङ्ग गरेको व्यवहारबारे घर फर्किएपछी सार्है गुनासो गर्नुभयो। "गल्ती नै नगरेका उनीहरुले तथानाम गाली मात्र खानुपर्यो ।" उहाँले थप्नुभयो - "एउटा विद्यार्थी भाईलाई विद्यार्थी परिचय-पत्र देखाएर सहुलियत मागेकै कारण सह-चालकले जतिबेला पनि विद्यार्थी छुट पाउन त आफ्नै 'बाउ'को गाडी हुनुपर्छ सम्म भने।" उहाँले मलाई सोध्नुभयो, "तिमीले कार्ड देखाउदा यस्तो कुरा झेल्नु परेको छ कि छैन नि नानी ? " हेक्का राखेरै पनि सजिलै बेवास्ता गरिएको बिषयबारे म सोचमग्न हुन पुगेँ। गाडीमा चढ्दा ५० रूपैयाँको नोटेसङ्गै कार्ड देखाउँनासाथ अनेक बहाना र गालीसङ्गै शुल्कमा सहुलियत नपाइने हुँदा दिनहुुँ, जसरी हुन्छ २० रूपैयाँ खुल्ला बनाएर हिडेको कुरा सम्झिएँ।
         
    बुटवलको सन्दर्भको कुरा गर्ने हो भने लोकल गाडीमा लोकल यात्री भनेपछी सुरुमै गाडी चढ्न पनि पाइदैन "एक्छिन है" भनेर बाहिरै रोकिदिन्छन्। अनि अर्को गाडी आइसकेपछि एकदुईजना चढ्न त पाउँछन् तर बाँकी फेरि त्यसरी नै टाढाको यात्री चढिसकेपछी चढनु भनेर रोकिइन्छन्।

    images
    images
    images

    लोकल यात्री नै चढ्न नपाउने गाडी लोकल गाडी कसरी भयो? बल्लतल्ल चढेर त गइन्छ तर उत्रिने समय आएपछि भारा तिर्ने बेलामा तथानाम सुन्नुपर्छ। जुन यस प्रकारका हुने गर्छन - "यति नजिकै आउनुछ अझ कार्ड छ रे !" "टाढा जाने भए पो कार्ड भन्न पनि सुहाउँछ !" कतिपय धेरैजसो त  !" अनेक अपशब्द सङ्गै २५ रुपैयाँ फिर्ता गरेर गाडी कुदाउछन्।
     
    ए हजुर! अब विद्यार्थीको कार्ड प्रयोग गर्नलाई गन्तव्य नै बद्लिनु? टाढा हिड्ने विद्यार्थी मात्रै विद्यार्थी होर? टाढा कै कुरा गर्ने हो भनेपनि हामीले कहाँ सहुलियत पाइन्छ त? कति सजिलै जवाफ आउँछ " ए नानी यो लामो सफरमा पनि छुट दिन थाले त बर्बाद नै हुन्छ नि! त्यो त लोकलमा मात्रै हो।"
    साच्चिकै ४५ प्रतिशत तोकिएको विद्यार्थी सहुलियत कहाँको यात्रामा सदुपयोग हुन्छ त?

    images
    images
    images

    विद्यार्थी कतिबेला विद्यार्थी कहलिन्छ?

     राजधानीमा बाहेक प्राय ठाँउहरुमा यसै त सजिलै छुट दिदैनन्। अझ शनिबार र सार्वजनिक बिदाको दिन हामीलाई पनि आशा नै नगर्ने बानी परिसक्यो।
     
    अस्ति मात्रै माघको महिनामा ललितपुर गएकी थिएँ । बिदाको दिन थियो। दिदिले नानी कार्ड राख्न नबिर्स ल भन्नुभयो।
    "आज त बिदा होइन र?"
    "हो, के भयो त?"
    "अनि कहाँ छुट पाइन्छ त?"
     "कहाँ पाइन्न?"
     "बुटवलमा "
     "किन बिदाको दिन चाहिँ तिमी विद्यार्थी होइनौ र?" मसङ्ग जवाफ थिएन न कुनै प्रश्न नै।
         
    प्राय ठाउँहरुमा आफ्नो ब्यक्तिगत बिवरणको प्रमाणिकरण गर्नुपर्दा त नागरिकता बाहेक अन्य परिचय पत्रको रुपमा विद्यार्थी कार्डलाई लिइने गरिन्छ।
    के अब सार्वजनिक बिदा र शनिबारको दिनको दिन त्यो पनि हुँदैन भन्ने त?
       
    त्यसो त ४ बजेपछी बिद्यालय बन्द हुन्छ। विद्यार्थीहरु गाडी भाडामा छुट लिनकै लागि ४ बजे पहिले नै निस्किनुपर्ने हो त?
       
    जेष्ठ नागरिक, शारीरिक अपांग र विद्यार्थीलाई भनेर सरकारले नै तोकिएको सहुलियत व्यवस्थाको कार्यान्वयन त यस्तो छ अझ नयाँ केही सहुलियतको कल्पना कसरी गर्नु?

    विद्यार्थीलाई रोजगारको बाताबरण त सजिलो छैन अझ आर्थिक रुपमा हुने केही राहतहरुमा पनि व्यबहार भने यस्तो छ।

    हवाई टिकट, सांस्कृतिक सम्पदाको अवलोकन, प्रि-होटल बुकिङ आदिमा समेत विद्यार्थीलाई सहुलियतको व्यवस्था गर्न सकिन्छ भने गाडी भाडामा यति असहज किन? यो त झन नियमित र जरुरतको विषय हो नि! होइन र?

    कतै नतोकिएको, नबोलिएको बिषय भए हामी बोल्नुको पनि कुनै अस्तित्व रहने थिएन। "काग करायो पिना सुक्यो" भनेझैं हाम्रा गुनासोहरु पनि गुनासो मात्रै भए भनेर चित्त बुझाउने बाटो पनि हुन्थ्यो। यो त हाम्रो अधिकारको बिषय हो। तर यहि अधिकारसङ्गै मागेको सहुलियत पाउन पनि यति कष्ट किन? अधिकार मागेको हो तर विद्यार्थीलाई अपराध नै गरे जसरि किन हेरिन्छ?

    सहुलियतको कुरा हिजोका दिनमा विद्यार्थीहरूद्वारा गरिएको कडा आन्दोलन र योगदानको परिणाम हो। आन्दोलन आफैंमा साधारण कुरा त होइन तर वर्षाैवर्ष पछि सोहि बिषयको लागि सडकमा उत्रिनु पर्यो भने झन् कति असाधारण बन्छ होला।

    केही विद्यार्थीहरुले कार्डकै कारण सहुलियत पाउने बहानामा समय अबधि बढाएर फेक कार्ड सरह दुरुपयोग गरेको पनि देखिन्छ। जसले गर्दा पनि सहचालकहरुमा बिश्वास घटेको हुन सक्छ। यस समस्यालाई न्यूनीकरण गर्नको निम्ति विद्यालय समितिले कस्तो कार्ड बनाउने भन्ने कुरामा बिशेष उपाय अपनाउनु आवश्यक हुन्छ।

    तोकिएका आफ्ना अधिकार प्राप्त गर्न कुनै संस्था, ब्यक्ति वा जतिसुकै उच्च ओहोदाको व्यक्तिले पनि रोक्न पाउँदैन। जसले रोक्ने दुस्प्रयास गर्छ त्यो क्षम्य कदापि हुनै सक्दैन। अत:दिनहुुँ यात्रामा हुने सहचालकसङ्गको झगडा हाम्रो रहर नभएर बाध्यता हो। यस बिषयमा नेपाल सरकार, यातायात समिति लगायत अन्य सरोकारवालाहरुको ध्यानाकर्षण कहिले जाला?

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।