Logo

२०८३, आश्विन १०गते


images
images

गुल्मीमा थप परिमार्जन सहित असार १५ गतेसम्म  निषेधाज्ञा थप

गुल्मीमा थप परिमार्जन सहित असार १५ गतेसम्म  निषेधाज्ञा थप

images
  • गुल्मीमा थप परिमार्जन सहित असार १५ गतेसम्म  निषेधाज्ञा थप
    images
    images

    अनिष पन्थी, गुल्मी । नयाँ भेरियन्ट सहितको कोरोना भाइरसको चेनब्रेकको लागि भन्दै गुल्मीमा  निषेधाज्ञा  असार १५  गतेसम्म लम्बाइएको  छ । जिल्ला कोभिड १९ संकट ब्यबस्थापन केन्द्र (डिसिसिएमसि)को बैठकले असार १५  गते राती १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको प्रशासनले जनाएको छ।

    यस अगाडी थप गरिएको निषेधाज्ञाको समय भने आज राति १२ बजे सकिदैछ । थप गरिएको निषेधाज्ञालाई कडाइका साथ लागु गरिने जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । यसपटकको लकडाउनलाई परिमार्जन समेत गरिएको छ। निषेधाज्ञाको समय अबधिभर व्युटिपार्लर र सैलुन बाहेक अन्य पसलहरु  बिहान ७ बजेदेखी दिउँसो २ बजेसम्म संचालन गर्न पाउने छन् ।

    यस्तै बैङक वित्तिय संस्था ,सहकारी, वीमा कम्पनीहरु अफिस समयमा कार्यलयबाट मात्र सेवा दिनेगरि सन्चालन गर्न पाउने भएका छन। जिल्ला भित्र निर्माण सामाग्री ,पुस्तक ,कृषि जन्य पदार्थ बोक्ने जिप तथा ट्रक सुरक्षा मापदण्ड अपनाएर सन्चालन हुन पाउने भएका छन।

    जिल्लामा अत्यावश्यक सेवा बाहेक अन्य सबै सेवाहरु बन्द रहनेछन् । निषेधाज्ञाको कसैले अबज्ञा गरे संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अन्तरगत कारवाही गर्ने प्रशासनले चेतावनी दिएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।