Logo

२०८३, कार्तिक २८गते


images
images

११ बुँदै काठमाडौं घोषणापत्र जारी गर्दै सकियो सहकारी महासम्मेलन

११ बुँदै काठमाडौं घोषणापत्र जारी गर्दै सकियो सहकारी महासम्मेलन

images
  • ११ बुँदै काठमाडौं घोषणापत्र जारी गर्दै सकियो सहकारी महासम्मेलन
    images

    काठमाडौं । सहकारीको पुँजीलाई उत्पादन, प्रशोधन र बजारीकरणमालगानी गरी मूल्यश्रृंखलाविकासमार्फत आत्मनिर्भर अर्थतन्त्रनिमार्ण गर्न महासम्मेलनले जोड दिएको छ ।

    images
    images
    images


    काठमाडौंमा आज सम्पन्न तेस्रो राष्ट्रिय सहकारी महासम्मेलन ११ बुँदे घोषणापत्रजारी गर्दै सहकारीले आत्मनिभर अर्थतन्त्र निमार्णमा लाग्नु पर्ने उल्लेख छ । त्यसै गरी, वातावरण मैत्री कृषि, उत्पादनमा वृद्धीआयातप्रतिस्थापन, निर्यात प्रर्वद्धन र रोजगारी सिर्जनागर्न सार्वजनिकनिजी र सहकारी साझेदारी माोडेललाई अगाडिबढाईने घोषणापत्रमाउल्लेख छ । नविन सोच र सिर्जनात्मकताकाआधारमा सहकारी मार्फत कृषिपर्यटन, जलश्रोत, स्वास्थ्य, शिक्षा, उद्योग लगायतका क्षेत्रमालगानी वृद्धिगर्ने प्रतिवद्धता महासम्मेलनले गरेको छ ।

    images
    images
    images

    विशिष्टीकृत सहकारी संघमार्फत बृहत र विशिष्ट उत्पादनको विकास, कृषि र पशुजन्य क्षेत्रको प्रवद्र्धन एवं ठुला कृषिफार्मको स्थापना, कृषिजन्यवस्तु तथा सेवाको मूल्यतथाआपूर्ति श्रृंखला विकास गरी सहकारीको ब्राण्ड प्रवद्र्धन गर्ने जनाईएको छ ।

    images
    images

    त्यसैगरी, सहकारी सिद्धान्त,मूल्य,मान्यता र विधिको परिपालना गरी सहकारीको पहिचान स्थापितगर्न सहकारी संस्थाहरुमा स्वनियमन र सुशासन कायम गर्दै सदस्य केन्द्रित व्यवसायको माध्यमबाट गुणात्मक सहकारी अभियान निर्माणमा प्रतिवद्धता जनाईएको छ । सदस्यको बचतको सुरक्षाकालागि सहकारी क्षेत्रमाविश्वास अभिवृद्धिगर्न राष्ट्रव्यापी रुपमा जागरणअभियान सञ्चालन गर्न, सहकारी क्षेत्रको दिगोपनका लागि कानुनले परिकल्पना गरेका प्रवद्र्धनात्मक व्यवस्था कार्यान्वयनका लागिआवश्यक पहलकदमी गर्न र अर्थतन्त्रमा देखा परेका समस्याका कारण सहकारी क्षेत्रमा सृजना भएको तरलता संकुचनको समस्या समाधानार्थ तिनै तहका सरकारको तर्फबाट सम्बोधन गर्न सामूहिक रुपमा बहस पैरवीका लागि पहल गरिने घोषणापत्रमा उल्लेख छ ।

    साथै, सहकारीको स्वस्थ्य एवं प्रतिष्प्रर्धात्मक क्षमताअभिवृद्धिका लागि एकिकरणलाई अभियानको रुपमा सञ्चालन  साथै नवप्रविधिलाई आत्मसाथगर्दै गुणस्तरीय सेवा प्रवाह गर्न प्रतिबद्ध जनाईएको छ । सरकार माताहत रहेका कोषहरु सहकारी वैंक मार्फत सहुलियतपूर्ण रुपमा लगानी गर्न तथा उच्चतम प्रविधि अपनाउन सामूहिक पहलकदमी गर्ने बताईको छ ।

    दिगो विकासका लक्ष्यप्राप्तिका लागि सहकारी संघ संस्थामा महिला तथा लैंगिक समानता, युवा तथा सिमान्तकृत वर्ग बीच सामाजिक समावेशिता कायम गर्दै वित्तीयपहुँच वृद्धिगर्दै जाने उल्लेख छ । सहकारी क्षेत्रलाई आवश्यक जनशक्ति निर्माण गर्न औपचारिक शिक्षामा सहकारी विषय अध्ययनअध्यापन गराउन तथा  सहकारीमा क्षमतावान मानव संसाधनलाई आकर्षित गर्दै स्थायित्व कायमगर्न सामूहिक पहल कदमीगर्न समेत उल्लेख छ ।

    सहकारी क्षेत्रको तथ्यांकअद्यावधिकगर्ने, सहकारीको अध्ययन अनुसन्धानमालगानी वृद्धि गरी समग्र अर्थतन्त्रमा सहकारी क्षेत्रको योगदानको मापन गर्ने प्रणाली विकासका लागि पहलकदमी लिने महासम्मेलनको प्रतिवद्धता छ ।
    पूर्व प्रधानमन्त्रीतथा नेकपा एमालेकाअध्यक्ष केपी शर्मा ओलीले अर्थतन्त्रअप्ठेरो परेको बेला जोगाउने सहकारी भएको बताएका छन् ।
    राष्ट्रिय सहकारी महासंघ र भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको आयोजनामा भएको तेस्रो सहकारी सम्मेलनको समापनमा बोल्दै अध्यक्ष ओलीले सहकारी सञ्चालन गर्न नजान्दा पनि समस्या आएको बताए ।
    ‘अहिले सहकारी जति बदनामाी भएको छ, अब बदनामी हुन नपायोस्’, उनले भने,‘कृषि क्षेत्रमा बढी जनसंख्याआश्रित भए पनि जमिनको अभाव भएकाले परम्परागत खेतीगर्दा कृषि उत्पादनमा मूलुकआत्मनिर्भर हुन नसेको हो ।’
    ठूला बैंक, व्यापारी, उद्योगी समस्या भएकाले साना पुँजीभएका सहकारी समस्यामा हुनु स्वभाविभक भएको उनले बताए । सहकारीले एकीकृत जग्गामार्फत कृषि उत्पादनमा लाग्नुपर्ने ओलीले जोड दिए ।
    सहकारीले अनुदानआशागर्न नहुने भन्दै उनले भने, ‘उत्पादनमा लाग्नको लागि लामो समयको लागि सहुलियत ऋण व्यवस्था गर्नुपर्छ ।’
    थोरै पुँजीलाई सही सदुपयोग गर्दा राम्रो उपलब्धी हाँसिल गर्न सकिने उनको भनाई छ । कुल जनसंख्याको ६० प्रतिशत जनसंख्यालाई कृषिको क्रान्तिमा जोड्न सके मूलुका खाद्यान्नमा आत्मनिर्भर हुन सक्ने पूर्व प्रधानमन्त्रीओलीले बताए ।
    ‘मानिसको खाना पाउनु पहिलो अधिकार हो’, उनले भने, ‘अब सहकारीले खाद्य सुरक्षामा जोड दिनुपर्छ । खान नपाए बर्बाद भइन्छ । लुगा त एकदुई वर्ष धान्छ ।’
    त्यस्तै कार्यक्रममा सहकारी विभागका रजिष्ट्रार नवराज घिमिरेले सहकारीको ऋण तिर्न पर्दैन भन्दै अफवाह फैलाउनेहरुलाई कानुनी कठाघरामा ल्याईने बताएका छन् । सहकारी ऐन नियममा भएका व्यवस्थाहरुलाई कार्यान्वयन गरी सहकारीलाई व्यवस्थित गर्न विभाग तयार रहेको प्रतिवद्धता जनाए । सहकारी खतराको डिलमा नपरेको भन्दै विश्वासलाई डग्मगाउन नदिनका लागि सहकारी अभियान्ताहरुलाई सचेत भएर लाग्नआग्रह गरे । सहकारी ऐन नियम परिवर्तन गरेर भएपनि सस्थागत संरचना निमार्ण पहल गर्न घिमिरेले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सहकारी महासम्मेलन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।