Logo

२०८३, आश्विन १२गते


images
images

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ र फ्रान्सका राष्ट्रपति माक्रोनबीच क्वाङ चौमा अनौपचारिक भेटघाट

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ र फ्रान्सका राष्ट्रपति माक्रोनबीच क्वाङ चौमा अनौपचारिक भेटघाट

images
  • चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ र फ्रान्सका राष्ट्रपति माक्रोनबीच क्वाङ चौमा अनौपचारिक भेटघाट
    images
    images

    एजेन्सी । अप्रिल ७ तारिख अपरान्ह चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले क्वाङ चौमा फ्रान्सका राष्ट्रपति इमानूएल माक्रोनसँग अनौपचारिक भेटघाट गरेका छन ।
     
    भेटको क्रममा राष्ट्राध्यक्ष सीले माक्रोनलाई क्वाङ चौको भ्रमण गर्न स्वागत गरे। राष्ट्रपति माक्रोनसँग फेरि भेटवार्ता गर्नपाएकोमा सीले खुशी लागेको बताए । 
    राष्ट्राध्यक्ष सीले एक हजार वर्षअघि क्वाङ चौ समुद्री रेशमी मार्गको एक आरम्भ बिन्दु भएको र एक सय वर्षअघि क्वाङ चौले आधुनिक चीनको प्रगतिको ढोका खोलेको तथा चालीस वर्षअघि क्वाङ चौमा विशेष आर्थिक क्षेत्रको निर्माण बाटोको सिर्जना गरिएको व्यक्त गर्नुका साथै हाल क्वाङ चौले उच्च गुणस्तरको विकास क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको कुरामा जोड दिए ।
     
    राष्ट्राध्यक्ष सीकाअनुसार, चीनको विकासको भविष्यप्रति चीन विश्वस्त छ। चीनले फ्रान्सलाई क्वाङ चौ व्यापार मेला, शांगहाई आयात एक्स्पो, चिनियाँ अन्तर्राष्ट्रिय सेवा व्यापार एक्स्पोमा सहभागी हुन स्वागत गरेको छ। 
    राष्ट्रपति माक्रोनले फ्रान्सले चीनसँग एक अर्कालाई आ-आफ्नो सर्वभौमिकता र भूभागको अक्षुण्णताआदि केन्द्रीय हित सम्मान गर्ने, प्राविधिक उद्योगको सहयोगलाई बढाउने, बजारलाई खोल्ने आशा लिएको बताए ।
    राष्ट्राध्यक्ष सीले राष्ट्रपति माक्रोनलाई रात्री भोजको निमन्त्रणा पनि गरेका थिए । उनिहरुले युक्रेन संकटआदि साझा अभिरुचीका समस्याहरुबारे वैचारिक आदान-प्रदान गरेका थिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।