काठमाडौ । अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले योगको विकास भएको बेला भारत भन्ने देश नै नरहेको भन्दै भारतीय विद्वानहरूले तथ्य लुकाउने गरेको आरोप लगाएका छन् ।
भारतीयहरू योगको उत्पत्ति नेपालमा भएको भन्न हिचकिचाउने गरेको उहाँको भनाइ छ । कोभिड–१९ संक्रमणको कारण योगको महत्व झनै बढेको भन्दै उहाँले व्यक्तिलाई शारीरिक र मानसिक रूपमा स्वस्थ बनाउन र रोग प्रतिरोधात्मक क्षमता बढाउन योगको आवश्यकता रहेको बताएका हुन ।
प्रधानमन्त्री ओलीले नेपालको संस्कृति र सभ्यता पतनको बाटोमा गएको भन्दै आगामी पिढीलाई सभ्यता सिकाउनु पर्नेमा जोड पनि दिएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology