Logo

२०८३, कार्तिक २८गते


images
images

भरतपुर विमानस्थल साठी वर्षपछि  विस्तार हुँदै, सेनालाई अन्यत्र व्यवस्थापन

भरतपुर विमानस्थल साठी वर्षपछि  विस्तार हुँदै, सेनालाई अन्यत्र व्यवस्थापन

images
  • भरतपुर विमानस्थल साठी वर्षपछि  विस्तार हुँदै, सेनालाई अन्यत्र व्यवस्थापन
    images

    काठमाडौं । साठी वर्षपछि चितवनको भरतपुरस्थित भरतपुर विमानस्थल स्तरोन्नतिसँगै विस्तार हुने भएको छ। हाल रहेको एक हजार दुई सय मिटर धावन मार्गलाई विमानस्थलको उत्तर–पश्चिमतर्फ ४१२ मिटर विस्तार गर्ने योजना छ । धावन मार्ग विस्तार भएपछि एटीआर ७२ वा सोसरहका ७२ सिटे जहाजले उडान गर्न मिल्नेछ भने रात्रिकालीन सेवा पनि सञ्चालन गर्न सकिन्छ। धावन मार्ग विस्तारसँगै नयाँ टर्मिनल भवन निर्माण हुनेछ।

    images
    images
    images

    विमानस्थल विस्तार एवं नयाँ टर्मिनल भवनको यही चैत १६ गते प्रधानमन्त्री दाहालले गर्नुभएको थियो। यो आयोजनालाई भरतपुर महानगरपालिकाले गौरवको आयोजनाका रूपमा अगाडि सारेको छ। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भन्नुभयो, “तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीकै पालामा सुरु गरिएको पहल वर्तमान मन्त्री सुदन किरातीसम्म आइपुग्दा काम अगाडि बढ्ने अवस्थामा पुगेको छ। हामीले छ जना पर्यटनमन्त्रीसँग नियमित छलफल ग¥यौँ। महानगर, प्राधिकरण, मन्त्रालय हुँदै प्रधानमन्त्रीको कार्यालयमा धेरै पटक छलफल भएको छ।”

    images
    images
    images

    सेनाको ब्यारेक सारिने

    images
    images

    यो विमानस्थल विस्तारका लागि विमानस्थल उत्तर–पश्चिमतर्फ रहेको नेपाली सेनाको ब्यारेकलाई स्थानान्तरण गरिने भएको छ। सेनाको घोडा प्रजनन केन्द्र र गणलाई अन्यत्र व्यवस्थापन गरेपछि विमानस्थलको धावन मार्ग विस्तार हुनेछ।

    विमानस्थलको धावन मार्ग विस्तारका लागि घोडा प्रजनन केन्द्रलाई गणेशस्थानको जङ्गल र सेनाको कालीबहादुर गणलाई देवघाट जाने बाटो नजिकैको दियालो बङ्गलामा स्थानान्तरण गरिने भएको छ। “ब्यारेक सार्ने निर्णय भइसकेको छ, घोडा प्रजनन केन्द्र सार्न वनको जग्गा भएकाले केही निर्णय बाँकी रहेको छ। यो पनि दुई साताभित्रमा टुङ्गो लाग्नेछ,” महानगर प्रमुख दाहालले भन्नुभयो । विमानस्थल ५८ बिघामा फैलिएको छ। विमानस्थल विस्तारका लागि सेनाको २० बिघामध्ये १९ बिघा जग्गा लिनुपर्ने हुन्छ। यस क्षेत्रमा बाँकी रहेको जमिनमा सेनाको ह्याङ्गर र उद्यान बनाइने बताइएको छ।

    भरतपुर विमानस्थलबाट उत्तरतर्फ रहेको नेपाली सेनाको घोडा प्रजनन केन्द्र र गणलाई आवश्यक पर्ने पूर्वाधार निर्माण भएपछि मात्र सेनाले जग्गा छाड्ने भएको छ। सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले दुईवटा युनिट स्थानान्तरण गर्न तयार भएका छौँ तर अन्यत्र बस्ने पूर्वाधार निर्माण भएपछि मात्र सर्नेछौँ। विमानस्थल विस्तारका क्रममा सेना बस्ने गण र घोडा बस्ने युनिटको पूर्वाधार तयार भएपछि अहिलेको स्थान सेनाले उपलब्ध गराउँछ।”

    धावन मार्ग विस्तारमा सरकारी जग्गा नै भएकाले जग्गाका लागि थप व्ययभार पर्ने छैन तर सेनाको गणलाई स्थानान्तरण गर्न आवश्यक खर्च बेहोर्ने सहमति भएको प्राधिकरणले जनाएको छ।

    यस्तो बन्दै छ नयाँ टर्मिलन भवन

    भरतपुर विमानस्थलमा अत्याधुनिक नयाँ टर्मिलन भवन बन्ने भएको छ। तीन वर्षभित्रै सम्पन्न गर्ने गरी नागरिक उड्डयन प्राधिकरणअन्तर्गतको एरोडम इन्जिनियरिङ डिपार्टमेन्टले नयाँ टर्मिनल भवन बनाउन लागेको हो। एक अर्ब ९२ करोड ७० लाख रुपियाँको लागतमा भवन निर्माण चैत ६ गते केसी–क्षमादेवी–प्रतिस्ता जेभीले प्राधिकरणसँग ठेक्का सम्झौता गरेको छ। एकै पटक एक हजार यात्रु आवतजावत गर्न सक्ने गरी सुविधा सम्पन्न भवन निर्माण गरिँदै छ। भवन र परिसरमा पार्क, मनोरञ्जनका साधन, रेस्टुरेन्ट, विदेशी पर्यटकलाई केन्द्रित गरी बजारको व्यवस्था हुने प्राधिकरणले जानकारी दिएको छ।

    छ दशकपछि स्तरोन्नति

    वि.सं. २०१५ देखि सञ्चालनमा आएको यस विमानस्थलमा २०१८ मङ्सिर १२ गते हवाई कार्यालय स्थापना गरिएको थियो। तत्कालीन समयमा साना १८ सिटे जहाज मात्रै सञ्चालन हुँदै आएकामा पछिल्ला वर्ष एटीआर ४२, जेटस्ट्रिम बिचक्राफ्टजस्ता मझौला र आधुनिक जहाजले उडान गर्दै आएका छन्। छोटो धावन मार्ग, विमानस्थल क्षेत्र अतिक्रमणलगायत उच्च जोखिमसँगै महँगो भाडा तिर्न यात्रु बाध्य छन् । हाल यहाँबाट काठमाडौँ र पोखरा बुद्ध एयरले उडान भर्दै आएको छ। दैनिक आठवटा उडान हुँदै आएको छ। कोभिड–१९ अघिसम्म यो सङ्ख्या १२ रहेको विमानस्थलले जनाएको छ। दैनिक सात सयभन्दा बढी यात्रुले सेवा लिँदै आएका छन्।यो खबर आजको गोरखापत्रमा छापिएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भरतपुर विमानस्थल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।