Logo

२०८३, कार्तिक २८गते


images
images

डुंगा दौडमा तालपारी समूह प्रथम

डुंगा दौडमा तालपारी समूह प्रथम

images
  • डुंगा दौडमा तालपारी समूह प्रथम
    images

    काठमाडौ । १८ औं फेवा नब वर्ष महोत्सव अन्तर्गत दोश्रो दिन विहिबार फेवा तालमा आयोजित डुंगा दौड प्रतियोगितामा तालपारी समूह प्रथम भएको छ ।

    images
    images
    images

    यसैगरी बाराही घाट ‘ए’ द्वितीय भयो भने बाराही घाट डी ले तृतीय स्थान हासिल गरेको छ । गौरीघाट ‘बी’ समूहले सान्त्वना स्थान प्राप्त गरेको छ । प्रतियोगितामा कूल आठ समूहले भाग लिएका थिए । 

    images
    images
    images

    प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका समूहले क्रमशः १५ हजार, १० हजार र आठ हजार रुपैयाा पुरस्कार पाए । सान्त्वना पुरस्कार स्वरुप पाँच हजार रुपैयाा प्रदान गरियो । पाँचौं स्थान हासिल गर्ने समूहलाई जंगल पावर ट्वान्टी फोर आवरका तर्फबाट निःशुल्क खानाको व्यवस्था गरिएको थियो । प्रतियोगिताका विजेताहरुलाई वैभव पौडेल र संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदी लगायतले पुरस्कार प्रदान गरेका थिए ।

    images
    images

    सहभागीहरु पहारीघाटबाट डुंगा खियाएर ताल पारी रहेको लेकहाउसमा पुगी पुनः सोही घाटमा फिर्ता आएका थिए । प्रत्येक समूहमा तीन जना सहभागी रहेका थिए । नयाँ बर्षलाई स्वागत गर्दै फेवा ताल संरक्षणमा सचेतना फैलाउने उद्धेश्यले तालमा डुंगा दौड प्रतियोगिता आयोजना गरिएको आयोजक संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले जानकारी दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # डुंगा दौड
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।