Logo

२०८३, आश्विन ९गते


images
images

कविता: फेरि पनि तिमी आयौ

कविता: फेरि पनि तिमी आयौ

images
  • सेतोमसी सहकर्मी
  • कविता: फेरि पनि तिमी आयौ
    images
    images

    फेरि पनि तिमी आयौ
    उसै गरि
    मैले पत्तै नपाउने गरि
    हिजो छुटेको जुनसङ्गै 
    बिहानीको नौलो किरण बोकेर आयौ

    images
    images
    images

    हिजोसम्म भरिएका घनघोर रहरहरु
    एकाबिहानै कोइलीको मधुरतासङ्गै 
    सपना बनाएर आयौ
    अञ्जुली भरी साँचिएको, तिम्रो माया
    अञ्जुली नभरिदै, तिमी आयौ
    हठास थिएन तर तिमी आयौ

    images
    images
    images

    रहरहरु भर्ने प्रयासमा आयौ
    उमंगहरु छर्ने बहानामा आयौ
    आयौ बैशालु योवनमा
    नयाँ तरङ्गले जिस्काउन भनी आयौ

    images
    images
    images

    म उहीँ छु
    जहाँ तिमीले छोडेको थियौ
    फरक यति हो
    तिमीले पानी मै सिमित छोडेथ्यौ
    म बादल बनेर फेरि पानी बनेछु

    हावा बनेर फिर्दै थिएँ त्यो बेला
    हुरि र भुमरीसङ्गै होमिएर फर्किएछु

    भकारिमा थन्किएको धान थिएँ
    फेरि रोपिएर पराल र चामलसङ्ग छुटिदै
    फेरि भकारी मै समाहित रहेछु

    अहिले तिमी आयौ
    दशक नै बदल्ने गरि
    फेरि आउनेछौ
    स्पर्श गर्नेछौ 
    हरेक पुस्प पुन्जहरु
    तर सदा झै अचल अडिरहनेछ
    त्यो भित्ताको किला 
    जहाँ हरेक वर्ष यसैगरी फेरिनेछन्
    नयाँ वर्षका नयाँ भित्ते पात्रोहरु
    र हराउनेछन् कतै
    फैलिएका बगरका ढुङ्गामा
    थपिएको अर्को ढुङ्गा जसरि...

     लाइशा भुसाल, बुटवल

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # फेरि पनि तिमी आयौ
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।