देवदह । नदिजन्य पदार्थ (ढुंगा, गीट्टी, बालुवा) को उत्खनन्का सन्दर्भमा देवदह नगरपालिकामा छलफल सम्पन्न भएको छ। नदिजन्य पदार्थको उत्खनन्, घाटगद्दी एवं बिक्री कार्यको बोलपत्र सम्बन्धि सूचना जारि भएको १५ दिन पछि नदिजन्य पदार्थ उत्खनन् गर्दा पर्ने असर, मापदण्ड, निकाल्ने परिणामका विषयमा छलफल तथा सुझाव संकलन कार्य सम्पन्न भएको हो।
बैठकमा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाई, देवदह नगरपालिकाका प्रमुख धुब्र प्रसाद खरेल, डिभिजन बन कार्यालय प्रमुख प्रभात सापकोटा,जिल्ला समन्वय अधिकारी धर्मा अर्याल, नगरपालिकाका जनप्रतिनिधि,कर्मचारी सामुदायिक वनका प्रतिनिधि,पत्रकार, सब डिभिजन वन कार्यालयका प्रमुखको सहभागिता रहेको थियो। कार्यक्रममा नदिजन्य पदार्थ उत्खनन् गर्दा वातावरण र वस्तीमा पर्ने असर,नदिजन्य पदार्थको उत्खनन्ले निम्त्याउने जोखिमको विषयमा छलफल गरिएको थियो।
जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईले नदिजन्य पदार्थ उत्खनन् गर्दा निकासी हुने ठाउँमै सूचना पट्टि राखी कति कति मूल्य बराबरको कति परिणाम निकाल्ने भन्ने यथार्थ विवतरण राखी पारदर्शी बनाउनुपर्ने धारणा व्यक्त गरे । साथै नदिजन्य पदार्थ बाट आम्दानी भएको रकमको केहि प्रतिशत रकम प्रभावित क्षेत्र र सामाजिक कार्यमा लगाउनुपर्ने विचार व्यक्त गरे ।
कार्यक्रममा देवदह नगरपालिकाका नगर प्रमुख धुब्र प्रसाद खरेलले बोल्दै देवदह नगरपालिकाले क्रेसर उद्योग संचालन गर्नका निमित्त १ करोड बजेट बिनियोजन गरेको भए पनि कार्यविधि नबनेको कारण कार्यन्वयन हुन् नसकेको बताए । साथै कसैलाई पनि मर्का नपर्ने गरि विकास निर्माणका काम पनि हुने र राजश्व स्समेत संकलन हुने गरि पूर्ण रुपमा पारदर्शी ढंगले नदि जन्य पदार्थको उत्खनन् हुने बताए । उत्खान्ना हुने क्षेत्रमा सूचना बोर्ड राखेर कति मात्रा र समय समेत निर्धारण गरेर निकासी प्रक्रिया अगाडी बढाइने नगर प्रमुख खरेलको भनाई थियो।
कार्यक्रममा सामुदय्यिक बनका प्रतिनिधिहरु, सब डिभिजन बन कार्यलाका प्रम्मुख चन्द्र बहादुर रानाभाट, वडा नम्बर १० का वडा अध्यक्ष यक बहादुर सुनार, देवदह नगरपालिकाका प्रामुख प्रशासकीय अधिकृत प्रदिप पौडेल,डिभिजन बन कार्यालय प्रमुख प्रभात सापकोटा लगायतले बोल्दै नदिजन्य पदार्थ उत्खनन्को मापदण्ड अनुसार कार्य गर्न सुझाव राखेका थियो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology