अनिष पन्थी, गुल्मी । गुल्मी दरबार गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकालको आठौँ गाउँसभामा गाउँपालिका उपाध्यक्ष मिना भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको होे ।
रोजगारी सिर्जना, पर्यटन विकास र कृषि प्राथमिकतामा गुल्मीदरबार गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाको स्वास्थ्य क्षेत्र, कृषि, पर्यटन विकास र रोजगारी सिर्जना प्रमुख प्राथमिकतामा राखि नीति तथा कार्यक्रम ल्याएको छ ।
बहुवर्षीय योजनाहरु, गौरवका योजनालाई निरन्तरता दिँदै विदेशबाट कोरोनाको कारण स्वदेश आएका युवाहरुलाई सिपको आधारमा रोजगारीको दिइने, सम्पदाहरुको दिगो विकासमा ध्यान दिने, गाउँपालिकालाई २०७८÷७९ मा खरको छाना मुक्त गर्न पहल गर्ने नीति तथा कार्यक्रम उल्लेख गरिएको छ ।
किसानहरुको बजार सुनिश्चित गर्न अर्गानिक उत्पादन प्रवर्धनात्मक कार्यक्रम सञ्चालन गर्ने, गाउँपालिका भित्र भुमि बैकं स्थापना गर्ने, कृषि, स्थानीय कच्चा पदार्थमा आधारित साना तथा घरेलु उद्योग र पर्यटन प्रवद्र्धनसगं विषेश जोड दिई रोजगारी सिर्जना गर्न प्रत्येक वडामा एक वडा एक पहिचान कार्यक्रम सञ्चालन गर्ने नीति लिएको छ ।
त्यस्तै गाउँपालिकाका प्रत्येक वडामा मोटरबाटो निर्माण गरिने, गाउँपालिकासँग विद्यालय कार्यक्रम ल्याइएको, संचारकर्मीसँग गाउँपालिका कार्यक्रम ल्याइएको, गाउँपालिकाको वृत्त चित्र निर्माण गर्ने र नागरिकको स्वास्थ्य उपचारमा गाउँपालिकाले विषेश प्राथामिकता राखेको निती तथा कार्यक्रममा उल्लेख गरिएको गुल्मीदरबार गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण पाण्डेले बताउनुभयो ।
गाउँपालिका अध्यक्ष अशोक कुमार थापालाई स्वास्थ्यमा समस्या भएपछि उहाँ कार्यक्रममा उपस्थित हुन सक्नुभएको थिएन । तर उहाँले भिडियो कन्फेरेन्स मार्फत कार्यक्रमलाई सम्बोदन गर्दै शुभकामना व्यक्त गर्नुभएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology