पाल्पा । तिनाउ गाउँपालिका -५ तिनाउ खोला पुल(चरचरे) पुलको उद्घाटन भएको छ। एक कार्यक्रमबीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरि, सभामुख माननीय तुलाराम घर्ती मगर र प्रतिनिधि सभा सदस्य ठाकुर गैरे आज पुल उद्घाटन गरेका हुन्।
कार्यक्रममा मुख्यमन्त्री गिरिले पुर्बाधारको बिकास गरि पाल्पाको पर्यटन बिकासबाट जनताको जिविकोपार्जनममा सहयोग पुग्ने बताए । सभामुख घर्तिमगरले बिकास निर्माणको सवालमा पाल्पाबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधी एकै ठाउमा उभिनु सकारात्मक पक्ष रहेको उल्लेख गरे ।
जिल्ला समन्वय समितीका प्रमुख टंकनाथ खनालको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधि सभा सदस्य नारायण आचार्य, प्रदेश सभा सदस्य खेम सारु, जिल्ला समन्वय समितिक यातायात पुर्बाधार बिकास मन्त्रालयका सचीव प्रेम श्रेष्ठ , पुर्बाधार बिकास निर्देशानालयका प्रमुख भिमार्जुन पान्डे, तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम थापा लगायतले बोलेका थिए ।
कुल ७ करोड ८० लाखमा निर्माण गरिएको पुल ६० मिटर लम्बाई रहेको छ । उक्त पुलको २ बर्ष अघि सिलान्यास गरिएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology