Logo

२०८३, आश्विन ९गते


images
images

सगरमाथा आवासीय माविका प्रिन्सिपल पौडेललाई ‘बेस्ट प्रिन्सिपल अवार्ड’

सगरमाथा आवासीय माविका प्रिन्सिपल पौडेललाई ‘बेस्ट प्रिन्सिपल अवार्ड’

images
  • सगरमाथा आवासीय माविका प्रिन्सिपल पौडेललाई ‘बेस्ट प्रिन्सिपल अवार्ड’
    images
    images

    देवदह । रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर-७ स्थित  सगरमाथा आवासीय माध्यमिक विद्यालयका प्रिन्सिपल कृष्ण प्रसाद पौडेलले ‘बेस्ट प्रिन्सिपल अवार्ड’ प्राप्त गरेका छन्। बिगत ३२ बर्ष देखि शिक्षा क्षेत्रमा आबद्ध पौडेलले शैक्षिक क्षेत्रमा पुर्याएको योगदानलाई कदर गर्दै अवार्ड प्रदान गरिएको हो ।

    images
    images
    images

    अनुजा मिडियाद्वारा आयोजित एडुकेशन एक्सिलेन्स अवार्डमा नेपाल भरिका २० जना उत्कृष्ट प्रिन्सिपलहरुलाई बेस्ट प्रिन्सिपल अवार्ड प्रदान गरिएको हो  । यात्रा प्लसको मुख्य प्रायोजन तथा योङ लिडर्स प्रोग्रामको सहयोगमा आयोजक अनुजा मिडियाले शैक्षिक क्षेत्रमा योगदान दिएका व्यक्तित्वहरुलाई शिक्षा क्षेत्रको विकासमा पुर्याएको योगदानलाई कदर गर्दै बेस्ट  प्रिन्सिपल अवार्ड प्रदान गरेको हो ।

    images
    images
    images

    ‘बेस्ट प्रिन्सिपल अवार्ड’ पाउने अरु व्यक्तिहरुमा एभरेष्ट ईंग्लिश स्कुल भक्तपुरका भक्त राजभण्डारी, दीप बोर्डिङ हाई स्कुल, बुटवलका टिकाराम न्यौपाने , लिटिल एन्जेल्स स्कुल हातीबनका मुकुन्दराज शर्मा, स्टार हाईएर  सेकेन्डरी स्कुल, बिराटनगरका डा. उद्दब प्रसाद पोख्रेल, पाणिनि स्कुल, काठमाडौंका कर्ण बहादुर शाही, विद्या सागर  सेकेन्डरी स्कुल, बनेपाका हिरा शर्मा नेपाल, लिटिल आईन्स्टाईन सुन्दर प्रि-स्कुलका डा. श्याम सुन्दर चौधरी, आदर्श  ईंग्लिश स्कुल, पर्बतका हिम बहादुर पौडेल क्षेत्री,  सुदुर पश्चिमान्चल एकेडेमी, कैलालीका योगराज गौतम, माउन्ट हर्मन ईंग्लिश स्कुल, ललितपुरका सरस्वती श्रेष्ठ, माउन्ट मेची बोर्डिङ स्कुल, ईलामका राजेन माइकल गुरुङ, मेरिगोल्ड ईंग्लिश बोर्डिङ स्कुल, भक्तपुरका भुवनलाल श्रेष्ठ, लोटस ईंग्लिश स्कुलकी सन्जीता मैया शाही ठकुरी राई, हाईड एन्ड सिक किन्डरगार्टेन, काठमाडौंकी कुमुद छतकुली भट्ट, क्वेस्ट ईंग्लिश स्कुल, मोरङका दिपक क्षेत्री, लिटिल स्टार पब्लिक स्कुल, कंचनपुरका समर जङ बहादुर चन्द , जीवन ज्योती सेकेन्डरी स्कुल, बिरगंजका शिव गुप्ता र युनाईटेड एजुकेसनल एकेडेमी, बाँकेका विकास बज्राचार्य छन् ।

    images
    images
    images

    अनुजा मिडियाले बिगत ४ बर्ष देखि विद्यार्थीहरुको व्यक्तित्व तथा नेतृत्व विकासको लागि बिभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।

    समाजमा रहेर शिक्षा क्षेत्रमा लामो समयदेखि पुर्याएको योगदानको कदर गर्ने उद्देश्यले अवार्डको गरिएको आयोजक संस्था अनुजा मिडियाकी अध्यक्ष अनुजा आचार्यले बताइन् । यस संस्थाले मिस टिन पृन्सेस्, मिस टिन स्कुल, स्कुल पृन्स एन्ड पृन्सेस्, सक्सेस अचिवर्स अवार्ड, मोटिभेसनल सेसन, एक्जिटो एक्सिलेन्स अवार्ड लगायतका कार्यक्रमहरु सफल आयोजना गरिसकेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।