Logo

२०८३, कार्तिक २८गते


images
images

च्युरेक प्राविले मनायो ६१औं वार्षिकोत्सव

च्युरेक प्राविले मनायो ६१औं वार्षिकोत्सव

images
  • सेतोमसी सहकर्मी
  • च्युरेक प्राविले मनायो ६१औं वार्षिकोत्सव
    images

    कृष्ण अन्जान, च्यूरेक । रुरुक्षेत्र गाउँ पालिका वडा न १ काे थाेर्गा च्यूरेक प्राथमिक  विद्यालयको प्राँगणमा राखिएका बेन्च र अतिथि दिर्घामा रहेका कुर्सी हरु  बिहिवार एघार बज्दा नबज्दै डमक्कै भरिए ।

    images
    images
    images


    बसाइँसराइले गाउँ रित्तै हुँदा पनि केही घरमा बचे खुचेका अभिभावक ,विध्यार्थी ,र अतिथीहरु आफ्नो विद्यालयकाे ६१ ओैँ वार्षिकोत्सब मनाउन विद्यालयमा जम्मा भएका थिए ।

    images
    images
    images


    करिब एकसयकाे हाराहारीमा रहेकाे उपस्थिति वास्तवमै गाउँका लागि ठुलै थियाे ।
    बिक्रम सम्वत २०१८ सालमा च्यूरेकका शैक्षिक अभियन्ता पण्डित डिल्लीराम ज्ञवालीकाे पहलमा स्थापित याे काेविद्यालयको स्थापना सँगै च्यूरेककाे शैक्षिक विकासले फड्काे मारेकाे कार्यक्रममा खुबै चर्चा भयाे ।

    images
    images


    तर पछिल्लो चरणमा बढ्दाे बसाइँसराइले विध्यार्थी सँख्यामा पारेकाे प्रभाव ,शैक्षिक गुणस्तर ,लगाएतका विषयले विद्यालयकाे अवस्था नाजुक रहेकाेमा पनि खुलेर चर्चा भयाे ।
    वार्षिकोत्सबमा आफ्ना धारणा राख्दै रुरुक्षेत्र १ का वडाध्यक्ष नवराज विक विध्यालयमा विध्यार्थीकाे अभाव ,शैक्षिक गुणस्तर यावत कुराहरूले विध्यालयका केही कक्षाहरु समायोजन हुन सक्ने सँकेत मात्र गरेनन बाध्यता भएकाे समेत बताए ।


    कार्यक्रममा आफ्ना धारणा राख्दै यस क्षेत्रका पाका शिक्षाविद समेत रहेका रुरुक्षेत्र गाउँ पालिका शिक्षा समितिका सदस्य परमानन्द ज्ञवालीले विध्यालयकाे शैक्षिक गुणस्तर सुधार्न शिक्षक ,अभिभावक र विध्यार्थीकाे त्रिकाेणात्मक सम्बन्ध आवस्यकता जाेड दिए ।


    रिडी माध्यमिक विध्यालयका प्रधानध्यपक राेहित भण्डारीले कार्यक्रममा बाेल्दै शैक्षिक विकासमा शिक्षकाकाे भुमिका प्रभावकारी भएन भने विध्यार्थीहरुले गुणस्तरीय शिक्षा नपाउने जिकिर गरे ।


    थाेर्गा च्यूरेक आधारभुत विध्यालयका व्यवस्थापन समिति सदस्य बसन्त क्षेत्रीले अबकाे युग डिजिटल प्रविधिबाट शिक्षण सिकाईकाे युग भएकाले शिक्षकले म पुरानो भनेर डिजिटल प्रविधिबाट तर्किन नपाईने बताउँदै यदि मैले जान्दिन भन्ने हाे भने त्यस्ता शिक्षकले अरुलाई बाटाे खुला गरिदिनु पर्छ ,भकाराे कुरेर बस्न नहुने तर्क राखे ।


    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युवराज ज्ञवालीकाे अध्यक्षतामा भएकाे वार्षिकोत्सब कार्यक्रममा रुरुक्षेत्र गाउँ पालिका वडा न १ का वडा सदस्य घनस्याम ज्ञवाली ,शिक्षक अभिभावक सँघका अध्यक्ष चेत बहादुर क्षेत्री ,पुर्व शिक्षक राम प्रसाद ज्ञवाली ,पत्रकार कृष्ण अन्जान,भट्कुवा आधारभुत विद्यालयका शिक्षक शालिकराम भट्टराईले शुभकामना मन्तव्य राखेका थिए ।


    विद्यालयका शिक्षक द्दय दामोदर ज्ञवाली र मधु पाेख्रेलले सन्चालन गरेकाे कार्यक्रममा शिक्षिका दिपा ज्ञवालीले स्वागत गरेकि थिईन ।


    वार्षिकोत्सब कार्यक्रममा विभिन्न अतिरिक्त कृयाकलाप ,र शैक्षिक क्षेत्रमा विभिन्न ग्रेड ल्याउने विध्यार्थीलाई पुरस्कार प्रदान गरिएकाे थियाे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # च्युरेक प्रावि
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।