Logo

२०८३, कार्तिक २८गते


images
images

पाल्पाको झुम्सा नजिकै बसले स्कुटीलाई ठक्कर दिंदा एकजनाको मृत्यु

पाल्पाको झुम्सा नजिकै बसले स्कुटीलाई ठक्कर दिंदा एकजनाको मृत्यु

images
  • पाल्पाको झुम्सा नजिकै बसले स्कुटीलाई ठक्कर दिंदा एकजनाको मृत्यु
    images

    पाल्पा   । पाल्पाको झुम्सा नजिकै बसले स्कुटरलाई  ठक्कर दिंदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । 

    images
    images
    images

    गुल्मीबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ४८४७ नम्बरको बससँग सोही दिशातर्फ जाँदै गरेको लु ७७ प १९६ नम्बरको स्कुटीमा सवार बगनासकाली गाउँपालिका-६, यम्घाका ४३ वर्षीय रामचन्द्र न्यौपानेको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

    images
    images
    images

    जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर मल्लकाअनुसार बसलाई उछिन्ने क्रममा बससँग ठोक्किँदा न्यौपानेको मृत्यु भएको हो । दुर्घटना गराउने बस र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

    images
    images

    घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।