Logo

२०८३, आश्विन ९गते


images
images

नेपालको सानदार जित, ओमान ८४ रनले पराजित

नेपालको सानदार जित, ओमान ८४ रनले पराजित

images
  • नेपालको सानदार जित, ओमान ८४ रनले पराजित
    images
    images

    काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटको दोस्रो खेलमा नेपालले ओमानमाथि सानदार जित हात पारेको छ । त्रिवि मैदान कीर्तिपुरमा शुक्रबार भएको खेलमा नेपालले ओमानलाई ८४ रनले पराजित गरेको हो ।  जितका लागि तीन सय ११ रनको लक्ष्य पछ्याएको ओमान ४६.३ ओभरमा सबै विकेटको क्षतिमा दुई सय २६ रनमा समेटिएको थियो । ओमानका लागि मोहमद नदिमले सर्वाधिक ६५ रन बनाए ।

    images
    images
    images


    यस्तै सन्दीप गोउडले ४६, आयान खानले २९, कस्यप प्रजापतिले २५, फायज बट्ले १९, जतिन्दर सिंहले १५ र अदील साफिक्वीले १३ रन बनाए । बलिङमा नेपालका सन्दीप लामिछानेले तीन विकेट लिए । यस खेलसँगै सन्दीपले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कीर्तिमानी एक सय विकट पूरा गरेका छन् । ओमानविरुद्ध तीन विकेट लिएसँगै सन्दीपले एक दिवसीयमा सर्वाधिक छिटो समयमा सय विकेट पूरा गर्ने खेलाडीको विश्व कीर्तिमान रचेका हुन्  । 
    उनले ४२ एक दिवसीय खेल्दै एक सय दुई विकेटको आँकडा पूरा गरेका हुन्। यसअघि एक दिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक कम खेल खेल्दै सय विकेट लिने खेलाडीको कीर्तिमान अफगानिस्तानका राशिद खानको नाममा थियो ।

    images
    images
    images


    खानले ४४ एक दिवसीय खेल्दै एक सय विकेट पूरा गरेका थिए । खानले सन् २०१८ मा बनाएको कीर्तिमान सन्दीपले तोडेका हुन् । यस्तै कराण केसीले तीन, दीपेन्द्रसिंह ऐरीले दुई तथा ललित राजवंशीले एक एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा तीन सय १० रन बनाएको थियो । नेपालको यो एक दिवसीय इतिहासकै उच्च योगफल पनि हो ।

    images
    images
    images


    नेपालका लागि कुशल मल्लले शतकीय इनिङ्स खेले । दुई ओपनर कुशल भुर्तेल र आशिष् शेखलाई शुन्य रनमा गुमाएको नेपालका लागि मल्लले एक सय आठ रनको सानदार शतकीय इनिङ्स खेलेक थिए ।  उनले ६४ बलमा नौ चौका र १० छक्काको सहयोगमा उक्त रन जोडेका हुन् ।
    यससँगै कुशलले नेपालबाट एक दिवसीय क्रिकेटमा सर्वाधिक छिटो शतक बनाउने खेलाडीको कीर्तिमान पनि बनाएका छन् । उनको यो अन्तर्राष्ट्रिय खेलमा पहिलो शतक हो ।


    कुशल समग्रमा एक दिवसीयमा नेपालबाट शतक हान्ने छैटौँ खेलाडी हुन् । यसअघि पूर्व कप्तान पारस खड्का, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र आसिफ शेखले नेपालका लागि शतक हानेका थिए । यस्तै सोमपाल कामीले अविजित ६३ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ४८ बलमा नौ चौकाको सहयोगमा उक्त रन बनाएका थिए ।
    भीम सार्कीले ३३, आरिफ शेखले २९, करण केसीले अविजित २९, कप्तान रोहित पौडेलले २३ रन बनाए । सन्दीप लामिछानेले आठ र दीपेन्द्रसिंह ऐरी सात रनमा आउट भए । 


    बलिङमा ओमानका आयन खानले दुई विकेट लिए । विलाल खान, कालीमुल्लाह, जीसान मक्सुद, फायज बट्, अक्वीब लायस र जतिन्दर सिंहले एक एक विकेट लिए । समूह ‘ए’ मा रहेको नेपालको यो लगातार दोस्रो जित हो । पहिलो खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको थियो ।


    ओमानको यो पहिलो हार हो । नेपाल र ओमानको यस खेललाई एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता समेत रहेको छ । ओमान र नेपालबीचको आजको खेल नेपालका लागि ५०औँ एक दिवसीय खेल पनि हो । 
    एसीसी प्रिमियर कपमा १० टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ नेपालसँगै मलेसिया, ओमान, कतार र साउदी अरब छन् ।


    यस्तै समूह ‘बी’ मा संयुक्त अरब इमिरेट्स (युएई), हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको विजेताले आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने एसिया कप खेल्ने मौका पाउनेछ । 


    शीर्ष तीनमा पर्ने टोलीले आगामी जुलाईमा आयोजना हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ । एसिया कपमा भारत र पाकिस्तान जस्ता ठूला देशको सहभागिता रहनेछ । नेपालले तेस्रो खेल सोमबार साउदी अरबसँग खेल्नेछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपालको सानदार जित
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।