Logo

२०८३, आश्विन १०गते


images
images

आर्थिक संकट

रिटायर्ड शिक्षकको पेन्सन निकासा भएन

रिटायर्ड शिक्षकको पेन्सन निकासा भएन

images
  • रिटायर्ड शिक्षकको पेन्सन निकासा भएन
    images
    images

    काठमाडौं । नियमित पाईरहेको निवृत्तिभरण (पेन्सन) अकस्मात रोकिए पछि सेवा निवृत्त (रिटायर्ड) शिक्षकहरुले तत्काल निकासा गर्न माग गरेका छन् । महिना नाघिसक्दा पनि निवृत्तिभरण (पेन्सन) निकासा नगरेपछि निवृत्त शिक्षकहरुले तत्कालै निवृत्तिभरण निकासा गर्न माग गरेका हुन् । 

    images
    images
    images

    सेवा निवृत्त शिक्षकहरुको समूह ु‘सेवा निवृत्त शिक्षक समाज’ले विज्ञप्ति मार्फत् सो माग गरेका हुन् । विगतमा नियमित रुपमा प्राप्त भइरहेको निवृत्ति भरण २०७९ चैत महिना नाघ्दा पनि सरकारले ुनिवृत्तिभरण निकासा नगर्दा संघको ध्यानाकर्षण भएको र निवृत्तिभरणको भरमा बाँचिरहेका ज्येष्ठ नागरिक शिक्षकहरु प्रभावित भइरहेको विज्ञप्तिमा उल्लेख छ । 

    images
    images
    images

    ‘के सरकार आर्थिक रुपले टाट पल्टेकै हो ? यदि टाट पल्टेकै भए, शिक्षकहरुको लागि मात्र किन निृवृत्तिभरण रोकिन्छ ? के शिक्षकहरुलाई सरकारले विभेद गरेकै हो ?’ तत्कालै निकासा गर्न माग गर्दै विज्ञप्तिमा भनिएको छ । 

    images
    images
    images

    ‘हामीले पहिला महिनाको पहिलो हप्ता निवृत्ति भरण लिरहेका थियौं, पछि दोस्रो हप्ता सर्यो, तेस्रो हप्ता सर्यो, अहिले आएर महिना नै मरिसक्यो, निवृत्तिभरण पाएका छैनौं, सेवा निवृत्ति शिक्षक ज्ञानसागर प्रजापतिले भने त्यसले सरकार आर्थिक रुपमा संकटमा छ भन्ने हल्ला साँच्चै रहेछ, सरकार आर्थिक रुपले टाट पल्टेकै हो कि भन्ने लागेको छ ।

    समाजका अध्यक्ष अम्बिकामान मानन्धरको हस्ताक्षर रहेको विज्ञप्तिमा शिक्षकहरुको सो मागलाई बेवास्ता गरी निवृत्तिभरण निकासा नगरे थप कार्यक्रम गर्ने पनि चेतावनी दिईएको छ । 

    चैत महिनाको पेन्सन रोकिएको बारे विभिन्न जिल्लाबाट आफूहरुलाई समेत गुनासो आएको नेपाल निवृत्त शिक्षक समाजले जनाएको छ । यस बारेमा आफ्ना महासचिव ईश्वरवहादुर श्रेष्ठले निवृत्तीभरण शाखा त्रिपुरेश्वरमा सम्पर्क गर्दा देशभरीमा ५२ हजार शिक्षक मध्ये २६ हजार निवृत्त शिक्षकको मात्र निकासा भएको जानकारी प्राप्त भएको समाजले जनाएको छ ।

    बाँकी शिक्षकहरुको पेन्सन निकासा गर्न मन्त्रालयमा बजेट माग भएको र उक्त प्रकृया पुरा हुन बैशाखको २० गते सम्म लाग्ने भएकाले चैत र बैशाख दुबै महिनाको पेन्सन एकै पटक निकासा हुने जानकारी प्राप्त भएको समाजले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।