बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले लुम्बिनी प्रदेश सभाले जातीय, भाषिक र धार्मिक रुपमा उत्पीडितको अधिकार संरक्षण गर्ने कानुन निर्माणमा जोड दिने बताएका छ। शनिबार मुस्लिम समुदायको महत्वपूर्ण पर्व ईद (ईद उलफित्र) को शुभकामना दिंदै सभामुख घर्तीमगरले यस्तो बताएका हुन्।
"हाम्रा चाडपर्वले हामी नेपालीहरुलाई एकताको मालामा गाँस्न सहयोग पु¥याएको छ" शुभकामना सन्देशमा सभामुख घर्ति मगरले भनेका छन् “नेपाल बहुभाषिक, बहजातीय बहुधार्मिक, बहुसांस्कृतीक विविधतापुर्ण छ । जुन नेपालीहरुको जातीय एकता, सद्भाव र सहिष्णुता एक महत्वपुर्ण विशेषता हो।"
सभामुख घर्ति मगरले मुस्लिम समुदायको महान पर्व ईदले सवै नेपालीहरुबीचमा धार्मिक एकता, वन्धुत्व, सद्भाव कायम राख्न महत्वपुर्ण भूमिका खेल्न्ने कामना व्यक्त गरेका छन।
संघीय संविधानको रक्षा गर्दै विभिन्न जाती, धर्म, समुदाय, संस्कृति र समुदायको संरक्षण र संवद्र्धनका लागि अधिकार स्थापित गर्नु परम कर्तव्य भएको उल्लेख गर्दै उनले लुम्विनी प्रदेश सभाले सवै समुदायको राज्य सत्तामा अर्थपूर्ण सहभागिता नै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको वास्तविक मर्म र भावना भएको बताएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology