Logo

२०८३, कार्तिक २८गते


images
images

साँखुमा एकैचोटि ठोक्किए चार वटा टिपर, एक घाइते

साँखुमा एकैचोटि ठोक्किए चार वटा टिपर, एक घाइते

images
  • साँखुमा एकैचोटि ठोक्किए चार वटा टिपर, एक घाइते
    images

    काठमाडौं । काठमाडौंको साँखुमा चार वटा टिपर ठोक्किएका छन्। 

    images
    images
    images

    शनिबार बिहान सवा ५ बजे साँखु- लप्सीफेदी सडकखण्डमा चार वटा टिपर ठोक्किएका जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए। 

    images
    images
    images

    प्रदेश ३-०१-००६ ख १०७२, बा ३ ख ३९२७,  बा ५ ख ४५७० र ना ८ ख २९१९ नम्बरको टिपर दुर्घटनामा परेको हो। चारैवटा टिपर एकै दिशामा जाँदै थिए। 

    images
    images

    दुर्घटना हुँदा बा ५ ख ४५७० नम्बरको टिपरका चालक च्यापिएका थिए। 

     

    उनको उद्धार गरी साँखुस्थित पुपल्स लाइफ केयर हस्पिटलमा लगिएको थियो। उनको दुबै खुट्टामा चोट भएको र बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ। 

     

    तिव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ।  

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।