काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ११३ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०४४ जनाको एन्टिजेन परीक्षण गर्दा ४९ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै ७६६ जनाको पीसीआर परीक्षण गर्दा ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३६२ पुगेको छ । यो अवधिमा ७२ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।
बिरामीमध्ये ४ जनाको आईसीयूमा र एक जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology