Logo

२०८३, श्रावण ३०गते


images
images

उपनिर्वाचन: नेकपा एमाले सबै क्षेत्रमा तेस्रो स्थानमा खुम्चियो

उपनिर्वाचन: नेकपा एमाले सबै क्षेत्रमा तेस्रो स्थानमा खुम्चियो

images
  • उपनिर्वाचन: नेकपा एमाले सबै क्षेत्रमा तेस्रो स्थानमा खुम्चियो
    images
    images

    काठमाडौं । हालै सम्पन्न उपनिर्वाचनमा नेकपा एमाले तीनवटै निर्वाचन क्षेत्रमा तेस्रो स्थानमा खुम्चिन पुगेको छ ।
    चितवन–२ मा त पहिला भन्दा कम मत प्राप्त गरेको एमाले बारा–२ र तनहुँ–१ मा पनि तेस्रो स्थानमा रहन पुग्यो । तीनवटै निवार्चन क्षेत्रमा एमाले १८ हजार भन्दा बढी मतान्तरले पराजय हुन पुगेकाे छ ।

    images
    images
    images

    चितवन–२ अघिल्लो निर्वाचनमा एमालेका कृष्णभक्त पोखरेलले ल्याएको १४ हजार ७ सय ५२ मत जति पनि अहिले रामप्रसाद न्यौपानेले ल्याउन सकेनन । उनले बरु पोखरेलले भन्दा ३ हजार ७ सय ८६ कम मत ल्याए । सो निर्वाचन क्षेत्रवाट न्यौपानले १० हजार ९ सय ३६ मत मात्रै प्राप्त भयो ।

    images
    images
    images

    सो निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका रबि लामिछानेले ५४ हजार १७६ ल्याएर बिजयी भए भने नेपाली कांग्रेसका जीत नारायण श्रेष्ठ ११ हजार २१४ मतसहित दोस्रो स्थानमा खुम्चिए ।
    न्यौपाने लामिछाने भन्दा ४३ हजार ७ सय ८० मतले पछि परेका छन् ।

    images
    images
    images

    यसैगरी, तनहुँ–१ मा एमालेका सर्वेन्द्र खनाल पनि तेस्रो स्थानमा रहन पुगे । उनले त १० हजार मत पनि कटाउन सकेनन । उनी ८ हजार ४ सय ८८ मतमा सिमित भए ।

    सो निर्वाचन क्षेत्रमा रास्वपाका स्विर्णिम वाग्ले ३४ हजार ९१९ मतसहित बिजयी भएका छन भने नेपाली कांग्रेसका गोविन्द भट्टराई २० हजार १२२ मतसहित दोस्रो स्थानमा रहन पुगे । बिजयी वाग्ले भन्दा एमालेका खनाल २६ हजार ४ सय ३१ मत अन्तरले पछि परेका छन् ।

    उता, बारा–२ मा पुरुषोत्तम पौडेल पनि तेस्रो स्थानमा रहन पुगे । उनले १० हजार २१६ मत मात्रै प्राप्त गर्न सफल भए ।

    सो क्षेत्रवाट बिजयी जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले २८ हजार ४ सय १५ मत ल्याएका थिए भने उपबिजेता जनमत पार्टीका शिवचन्द्र कुशवाहाले २३ हजार ३ सय ३४ मत ल्याएका थिए ।बिजयी यादव भन्दा एमालेका पौडेल १८ हजार १९९ मतले पछि परेका छन ।

    एमालेले गत माघ २६ गते बसेको स्थायी कमिटी बैठकबाट  पार्टी सुदृढीकरण तथा विस्तार अभियानका लागि  ग्रास रुट अभियान सुरु गर्ने निर्णय गरेको थियो । फागुन ५ गतेदेखि सुरु भएको  उक्त अभियानले नेता कार्यकर्तामा उत्साह थप्नु पर्नेमा मत परिणामले त्यसलाई पुष्टि गर्न नसकेको अभिव्यक्ति एमाले कै नेता   कार्यकर्ताले दिन थालेका छन्    ।

    उपनिर्वाचनबाट संघीय संसदमा नेपाली कांग्रेसको एक सिट घटेको छ । कांग्रेसको  सिट ८९ वाट घटेर ८८ मा सिमित हुन पुगेको छ । यसअघि बिजयी हासिल गरेको तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले जीत हासिल गरे पछि कांग्रेसको सिट गुमेको हो । सो जीतसँगै रास्वपाले संघीय संसदमा एक सिट बढाएको छ । रास्वपाको सिट बढेर २१ पुगेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।