रूपन्देही। देवदहमा जारी ‘देवदह ट्यालेन्ट हन्ट’को मेगा अडिसनमा ६८ जना प्रतियोगी छनौट भएका छ्न् ।
फरक फरक बिधामा पहिलो राउनडमा ३५ जना छानिएका थीए बुधबार एक साथ दोस्रो अडिसन र मेगा अडिसन पार गरि ६८ प्रतियोगी वर्कसप राउन्डकालागी छनौट भएका हुन।
प्रतियोगिताको वर्कसप राउन्ड बैशाख १५ गते हुने आयोजकले जनाएको छ ।
गायन, नृत्य, अभिनय,मोडलिङ, चित्रकला विधाका प्रतिभाले प्रतिस्पर्धा गर्नसक्ने यो सोमा विजयी हुनेले ५० हजार उपविजेताले २५ हजार तृतीयले २५ हजार र सान्त्वनाले १० हजार नगद प्राप्त गर्ने केबी डान्स स्टुडियोका सञ्चालक तथा कार्यक्रम संयोजक बिक्रम परियारले बताए ।
कार्यक्रममा उत्कृष्ट प्रतियोगीले नगद पुरस्कार सँगै गिफ्ट ह्याम्पर, म्युजिक भिडियो सुट, फोटो सुट, डान्स वर्कसप, मोटिभेसनल क्यास, ट्राफिक नियम कक्षा, व्यक्तिको बिकाश तालिम, आत्मरक्षक तालिम, मेडिकल टेस्ट, उद्घोषक तालिम, लगु चलचित्रमा खेल्ने अवसर पाउने आयोजकले जनाएको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology