Logo

२०८३, आश्विन १०गते


images
images

थन्किएका विद्युतीय गाडी सञ्चालनमा आउने

थन्किएका विद्युतीय गाडी सञ्चालनमा आउने

images
  • सेतोमसी सहकर्मी
  • थन्किएका विद्युतीय गाडी सञ्चालनमा आउने
    images
    images

    बुटवल।  साढे २ वर्षदेखि अलपत्र अवस्थामा लुम्बिनीमा थन्किएका विद्युतीय गाडी अव भने सञ्चालनमा आउने बाटो खुलेको छ । लुम्बिनी प्रदेश सरकारले सेतो नम्बर प्लेटका गाडीलाई हरियो प्लेटमा रुपान्तरण गर्ने निर्णय गरेसँगै विद्युतीय बस सञ्चालनको बाटो खुलेको हो । संघीय सरकारले अनुमति नदिएका कारण दाताले दिएका विद्युतीय गाडी साढे दुई वर्षदेखि अलपत्र थिए ।

    images
    images
    images

    लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले प्रदेश सरकारको निर्णयले लामो समयदेखि थन्किएका विद्युतीय बस सञ्चालनको बाटो खोलेको बताए । लुम्बिनी प्रदेश मन्त्रिपरिषदको बैठकले उद्योग पर्यटन तथा यातायात मन्त्रालयको प्रस्तावमा लुम्बिनी विकास कोषका पाँचवटा विद्युतीय बस र १४ वटा भ्यानहरुलाई सेतो नम्बर प्लेटबाट हरियो नम्बर प्लेटमा रुपान्तरण गरी सेवा प्रदान स्वीकृती प्रदान गर्ने निर्णय गरेको हो । सो कार्यन्वयनका लागि मातहत यातायात व्यवस्था कार्यलय सवारी रुपन्देहीलाई समेत निर्देशन गरिसकेको पत्र कोषलाई प्राप्त भएको कोषाध्यक्ष भट्टराईले जानकारी दिए ।

    images
    images
    images

    भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्ध जन्मस्थल लुम्बिनी र बुद्धस्थल तिलौराकोट, रामग्राम र देवदहसँगलगायतका बुद्धसँग सम्बन्धित क्षेत्रलाई जोड्न र ती क्षेत्रमा पर्यटक आवतजावत सहज बनाउन विदेशी दातृ निकायले ती साधन अनुदानमा उपलब्ध गराएका हुन् ।

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।