Logo

२०८३, कार्तिक २८गते


images
images

उपनिर्वाचनमा रास्वपाका रमेश खरेल सहित ५६ उम्मेदवारको जमानत जफत

उपनिर्वाचनमा रास्वपाका रमेश खरेल सहित ५६ उम्मेदवारको जमानत जफत

images
  • उपनिर्वाचनमा रास्वपाका रमेश खरेल सहित ५६ उम्मेदवारको जमानत जफत
    images

    काठमाडौं । वैशाख १० गते आइतबार सम्पन्न उपनिर्वाचनमा ५६ उम्मेदवारको जमानत जफत भएको छ । निर्वाचन आयोगका अनुसार विभिन्न पार्टी र स्वतन्त्र गरी ५६ उम्मेदवारको जमानत जफत भएको हो ।

    images
    images
    images

    उपनिर्वाचनमा कुल ६५ जना उम्मेदवार चुनावी मैदानमा होमिएकामा ५६ उम्मेदवारको जमानत जफत भएको छ । अर्थात निर्वाचनमा सहभागीमध्ये ८६.१५ प्रतिशत उम्मेदवारको जमानत जफत भएको हो ।

    images
    images
    images

    वैशाख १० मा तनहुँ–१, चितवन–२ र बारा–२ मा उपनिर्वाचन भएको थियो । तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले निर्वाचित हुँदा चितवन–२ मा रास्वपाकै उम्मेदवार तथा पार्टी सभापति रवि लामिछाने र बारा–२ मा जसपाका उम्मेदवार तथा अध्यक्ष उपेन्द्र यादव निर्वाचित भए । तीन उम्मेदवार निर्वाचित हुँदा बाँकी प्रतिस्पर्धीमध्येका ६ उम्मेदवारले मात्रै जमानत जोगाउन सके ।

    images
    images

    प्रतिनिधिसभाको प्रत्यक्षतर्फका उम्मेदवारले खसेको कुल सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याए जमानत जफत हुने कानुनी व्यवस्था छ । जसअनुसार उम्मेदवारले जमानत जोगाउन खसेको कुल सदर मतको १० प्रतिशत मत ल्याउनै पर्ने बाध्यता छ । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ मा ‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको दश प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुनेछ’ भन्ने व्यवस्था गरिएको छ ।

    जसअनुसार तनहुँ १ मा कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई र एमालेका उम्मेदवार सर्वेन्द्र खनालबाहेक अरूले जमानत जोगाउन सकेनन् । यसै गरी चितवन २ मा नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ र एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेबाहेक अरूले जमानत जोगाउन सकेनन् ।

    यसै गरी बारा २ मा जनमत पार्टीका शिवचन्द्र प्रसाद कुशवाहा र एमालेका रमेश पुरुषोत्तम पौडेलबाहेक अरूले जमानत जोगाउन सकेनन् । दुई क्षेत्रमा रास्वपाले चमत्कार गर्दा बारा २ मा भने रास्वपाले जमानत समेत जोगाउन सकेन । रास्वपाका उम्मेदवार पूर्व डीआईजी रमेश खरेलले २८२९ मत पाउँदै जमानत जोगाउन नसकेका हुन् ।

    बारा २ मा जनमतका कुशवाहा उपविजेता हुँदा चितवन २ मा कांग्रेसका श्रेष्ठ र तनहुँमा कांग्रेसका गोविन्द भट्टराई निकटतम प्रतिद्वन्द्वी हुँदै पराजित बने । यस्तै तीन वटै क्षेत्रमा एमालेका उम्मेदवार तेस्रो भए । उपनिर्वाचन कांग्रेस र एमालेका उम्मेदवारले मङ्सिर ४ को निर्वाचनको तुलनामा कम मत पाउँदा बाराबाहेक बाँकी दुई क्षेत्रमा रास्वपाले चमत्कार गर्‍यो । उसो त संसद्को पाँचौँ शक्ति राप्रपाले समेत तीन वटै क्षेत्रमा लज्जास्पद नतिजा ल्यायो । राप्रपाले तीन क्षेत्रमा गरेर मात्र ७१२ मत पाएको हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जमानत जफत
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।