कृष्ण अन्जान,भट्कुवा गुल्मी । सामुदायिक विध्यालयकाे शैक्षिक गुणस्तर बढाउन सराेकार वालाहरुले सुझाव दिएका छन ।
रुरुक्षेत्र गाउँ पालिकाकाे वडा न १ भट्कुवामा रहेकाे भट्कुवा आधारभूत विध्यालयकाे ७० ओैँ वार्षिकोत्सब समारोहमा बाेल्दै रुरुक्षेत्र गाउँ पालिका अध्यक्ष यदु ज्ञवालीले आफ्ना सन्ततिलाई दिने सबैभन्दा ठुलाे सम्पत्ति भनेकाे शिक्षा हाे र शिक्षालाई गुणस्तरीय बनाउन अभिभावक ,शिक्षक ,विध्यार्थीकाे उत्तिकै महत्त्वपूर्ण भुमिका रहेकाे बताए ।
पछिल्लो चरणमा बसाइँसराइका कारणले गाउँका विध्यालय हरुमा विध्यार्थीकाे अभाव देखिएकाे र विध्यालयहरुमा शैक्षिक गुणस्तरमा ह्रास आईरहेकाेले गाउँ पालिकाले नितिगत रुपमा र बाध्यात्मक अवस्थामा केही विध्यालयहरुलाई समायोजन गर्नु परेकाे बताए ।
उनले भने समायोजन गाउँ पालिकाकाे रहर हाेईन बाध्यता हाे विध्यार्थीकाे शैक्षिक गुणस्तर कायम राख्न पनि याे समायोजन आवस्यक रहेकाे र त्यसै अनुरुप केही विध्यालय समायोजन गरिएकाे हाे ।
एक अर्काे प्रसँगमा उनले रुरुक्षेत्रकाे समानुपातिक विकास आफ्नो उद्देश्य भएकाे बताउँदै रुरुक्षेत्र गाउँ पालिका भित्रकाे भटकुवा गाउँ छुट्टै वडा जस्तो रहेकाले यसकाे समुचित विकासका लागि सडक खानेपानी लगाएत पर्यटन प्रवर्द्धनका लागि आफ्नो ड्रिम्स प्राेजेक्ट फलाँटे सालिपाेखरी झाेलुँगे पुलकाे निर्माण गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा बाेल्दै रुरुक्षेत्र गाउँ पालिकाका सामाजिक समितिका सँयाेजक शेष नारायण पौडेलले यतिबेला रुरुक्षेत्रका केही विध्यालय समायोजन गरिए पछि सकारात्मक र केही असन्तुष्टिका स्वरहरु सुनिएका छन ,विध्यालय समायोजन एउटा बाध्यात्मक परिस्थितिकाे रुपमा बुझिदिन आग्रह गरे ।उनले भने विध्यालयमा गुणस्तरीय शिक्षाका लागि विध्यार्थीहरु लाई समायाेजित गरिएका विध्यालयहरुमा सहज हुने बाताबरण बनाउन पनि विध्यालय मर्ज गरिएकाे बताए ।
वार्षिकोत्सब कार्यक्रममा आफ्नो धारणा राख्दै रुरुक्षेत्र गाउँ पालिका शिक्षा समितिका सदस्य परमानन्द ज्ञवालीले शिक्षालाई गुणस्तर बनाउने काममा शिक्षककाे भुमिका प्रमुख हुने बताउँदै शैक्षिक गुणस्तर बढाउन आग्रह गरे ।
भट्कुवा आधारभुत विध्यालय व्यवस्थापन समितिका अध्यक्ष कृ्ष्ण प्रसाद ज्ञवालीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा रिडी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख शँकर भट्टराई ,सँस्कृत माध्यमिक विध्यालयका शिक्षक कृष्ण भट्टराई ,रुरुक्षेत्र गाउँ पालिका वडा न १ का वडा सदस्य शुसिल श्रेष्ठ लगाएतले वार्षिकोत्सबकाे अवसरमा शुभकामना दिएका थिए ।
विध्यालयका शिक्षक शालिकराम भट्टराईले स्वागत गरेकाे कार्यक्रममा विध्यालयका प्रधानध्यापक दिपक ज्ञवालीले विध्यालयकाे शैक्षिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
वार्षिकोत्सब कार्यक्रममामा विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएकाे थियाे भने विभिन्न विधामा विध्यार्थी हरुलाई पुरस्कार र विभिन्न व्यक्तित्व हरुलाई सम्मान गरिएकाे थियाे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology