राजेश पराजुली, गण्डकी प्रदेश । चितवन स्वर्गीय प्रतापसिंह गुरुङ स्मृति तेस्रो कोभिड १९ खुला नकआउट फुटसल प्रतियोगिता शुक्रबारदेखि सुरु हुने भएको छ
कोभिड १९ फुटसल ग्रुप भरतपुर ७ को आयोजनामा प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता बैशाख १६ गते शनिबारसम्म सञ्चालन हुने ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराईएको छ । प्रतियोगिताको उद्घाटन भरतपुर ७ का वडाध्यक्ष राजेन्द्रमणी काफ्लेले गनेछन ।
प्रतियोगिताका खेलहरु भरतपुर ७ स्थित चितवन फुटसल एण्ड स्पोर्ट्स जोनमा हुने क्लबका अध्यक्ष बिक्रम गुरुङले जानकारी दिए । प्रतियोगितामा चितवन, काठमाडौं र मकवानपुर जिल्लाबाट २० टोली सहभागी हुनेछन् । चितवनबाट २० तथा काठमाडौं र मकवानपुरबाट समान २(२ टोली सहभागी हुने गुरुङले बताए । प्रतियोगिताका सबै खेलहरु महिला अफिसियलहरुले मात्रै खेलाउनेछन् ।
प्रतियोगिताको विजेताले नगद ५१ हजार ५०० प्राप्त गर्नेछ । भने उपविजेताले २६ हजार ५०० प्राप्त गर्नेछन् । यस्तै विधागत उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको प्रतियोगिता संयोजक लिलामणी भण्डारीले बताए । प्रतियोगिता सम्पन्न गर्न दुई लाख ५० हजार खर्च हुने अनुमान छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology