कृष्ण अन्जान, गुल्मी । रुरुक्षेत्र गाउँ पालिका गुल्मीले स्थानीय तहका जन प्रतिनिधि ,सरकारी कर्मचारी र शिक्षकहरुलाई आफ्ना बालबालिका सामुदायिक विध्यालयमा भर्ना गर्न उर्दी जारी गरेकाे छ ।
गाउँपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौडेलकाे हस्ताक्षरमा जारी उर्दी पत्रका सबैलाई निर्णय कार्यान्वयन गर्न भनिएकाे छ ।
वैशाख १४ गतेकाे चलानी न २०३६ नम्बरको पत्रमा बैशाख सात गते बसेकाे गाउँ कार्यपालिकाकाे बैठकले गरेकाे निर्णय न १० बमोजिम २०८० सालकाे शैक्षिक सत्र देखि गाउँ पालिका भित्रका जन प्रतिनिधि ,कर्मचारी र शिक्षकका छाेराछाेरी हरुलाई सामुदायिक विध्यालयमा भर्ना गर्ने निर्णय गरिएकाेले निर्णय कार्यान्वयन गर्न सराेकारवालालाई सुचना प्रकाशित गरिएकाे छ ।
याे निर्णय सँगै सरकारी कर्मचारी ,जन प्रतिनिधि र शिक्षक हरुलाई छाेराछाेरी सामुदायिक विध्यालयमा भर्ना गर्न दवाव परेकाे छ भने गाउँ पालिकाकाे याे निर्णय कार्यान्वयन भए सामुदायिक विध्यालयमा विध्यार्थी सँख्या बढ्ने छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology