रमेश बहादुर सिंह, बझाङ । बझाङमा चट्याङ लागेर २८ बाख्रा मरेका छन् । बिहीबार अपराह्न ४ बजेतीर जिल्लाको बुंगल नगरपालिका वडा नं १ गोइचनमा चट्याङ लागेर एकैपटक २८ वटा बाख्रा मरेका हुन ।
चट्याङले आफ्ना २८ वटा बाख्रा मरेको बुंगल नगरपालिका वडा वडा नं १ बस्ने बाख्रा पालक किसान मान बहादुर बोहराले बताए । नगरपालिकाको गोइचनको मराड भन्ने स्थानमा बाख्रा चराउन लगेका बेला परेको चट्याङ लागेर बोहराका बाख्रा मरेका उनले बताए ।
चट्याङबाट बाख्रा मरेपछि आफुलाई ४ लाख बढीको क्षेति भएको उनको भनाई छ ।
जंगलमा अचानक परेको चट्याङमा परी बाख्रा मरेपछि शुक्रबार अस्थायी प्रहरी पोष्ट बिजगडाबाट प्रहरी घटना स्थल गएर मुचुल्का बनाएको प्रहरीले बताएको छ ।
चट्याङ परेको स्थान गाउँबाट टाढा भएकाले मानविय क्षती भने नभएको स्थानीयले बताएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology