सुनवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सुनवल वडा न. १२ मा शनिवार सम्पन्न वडा भेलाले रबिन सुवेदीको अध्यक्षतामा ११ सदस्यीय वडा कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा रबिलाल न्यौपाने (राजु) तथा सचिवमा भरत भण्डारी चयन भएका छ्न् ।
त्यसैगरी सदस्यहरुमा क्रमशः सुरेश गुप्ता, रोमाकान्त पाण्डे, नारायण प्रसाद तिवारी ,दिपक सापकोटा,दुर्गा सुनार,जीवन न्यौपाने चयन हुनुभएको र बाकी २ जना पछि थप गर्ने गरि ११ सदस्य वडा समिती गठन गरिएको नवगठित समितिका सचिव भरत भण्डारीले जानकारी दिए ।
सुनवल नगर संयोजक सन्देश लामिछानेको अध्यक्षता रहेको भेलामा प्रदेश सदस्य युबराज ढकाल, जिल्ला संयोजक मदन पौडेल(राज), रामग्राम नगर संयोजक रबि पान्डे,सुनवल नगर सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।
सो अवसरमा जिल्ला संयोजक मदन पौडेलले आफुहरु चित्र नभई चरित्र बदल्न आएको र आफुहरुलाई कार्यकर्ता नभई काम गर्ने मान्छे चाईएको भन्दै निर्वाचित सम्पुर्ण समितिलाई बधाई दिएका थीए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology