Logo

२०८३, आश्विन ९गते


images
images

एसीसी प्रीमियर कपको उपाधी नेपाललाई, एसिया कपमा भारत र पाकिस्तान सङ्ग खेल्ने

एसीसी प्रीमियर कपको उपाधी नेपाललाई, एसिया कपमा भारत र पाकिस्तान सङ्ग खेल्ने

images
  • एसीसी प्रीमियर कपको उपाधी नेपाललाई, एसिया कपमा भारत र पाकिस्तान सङ्ग खेल्ने
    images
    images

    काठमाडौ । एसीसी प्रीमियर कपको उपाधी जितेसङ्गै नेपालले आगामी सेप्टेम्बरमा हुने एशिया कप क्रिकेट प्रतियोगिता खेल्ने पक्का भएको छ।

    images
    images
    images

    किर्तिपुर स्थित टियु ग्राउन्डमा मङ्गलबार भएको फाइनल खेलमा यूएईलाई ७ विकेटले पराजित गर्दै नेपालले एसिया कपमा स्थान पक्का गरेको हो।

    images
    images
    images

    यूएईले दिएको ११८ रनको विजय लक्ष्य नेपालले ३०.३ ओभरमा पूरा गर्‍यो। गुलसन झा र भीम सार्कीले विजयी साझेदारी खेले। गुलसनले ६७ र भीमले ३६ रनको योगदान दिए।
    आरिफ शेखले आठ रन जाेडे भने कुशल भुर्तेल र रोहित पौडेलले खाता मात्रै खोले।

    images
    images
    images

    कप्तान रोहित कुमार पौडेल आउट भएसँगै संकटमा आएको नेपाली ब्याटिङ पारीलाई गुल्सनले सम्हालेका थिए। यूएईका लागि रोहन मुस्तफाले २ तथा आयान अफजल खानले १ विकेट लिए।

    सोमबार (हिजो) नेपालले टस जितेर यूएईलाई ब्याटिङको निम्तो दिएको थियो। वर्षाका कारण खेल अवरुद्ध हुनुअघि यूएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन जोडेको थियो। मंगलबार (आज) बाट खेल सोही स्कोरमा खेलिएको थियो । खेल पुनःसञ्चालन भएपछि ललितले १०औं विकेटले लिए । नेपाली बलरले उत्कृष्ट प्रदर्शन गरेको खेलमा दुबई ११७ रनमा समेटिएको थियो ।

    यससँगै पहिलो पटक एसिया कप खेल्न लागेको नेपालले क्रीकेटका महारथी भारत र पाकिस्तानसँग खेल्ने अवसर पक्का गरेको छ । एशिया कपको समूह ‘ए’ मा नेपाल, भारत र पाकिस्तान छन् भने समूह ‘बी’ मा अफगानिस्तान, बाङ्लादेश र श्रीलंका रहेका छन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एसीसी प्रीमियर कप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।