Logo

२०८३, कार्तिक २८गते


images
images

दुईदिने कानूनी परामर्श तालिम सुरु

दुईदिने कानूनी परामर्श तालिम सुरु

images
  • दुईदिने कानूनी परामर्श तालिम सुरु
    images

    देवदह । देवदह नगरपालिका वडा नं १ मा दुई दिने कानूनी परामर्श तालिम सुरु भएको छ। देवदह नगरपालिका न्यायिक समितिको आयोजनामा संचालित तालिमको मंगलबार एक कार्यक्रमबीच नगरप्रमुख धुर्व प्रसाद खरेलले उद्घाटन गरे । 

    images
    images
    images

    तालिम उद्घाटनमा बोल्दै प्रमुख खरेलले न्यायका लागि कानूनी परामर्श तालिम महत्वपुर्ण हुने बताए ।  समाजमा हुने सामान्य घटना र झैझगडाहरू घरआगनमै मिलाउन सके त्यसले समाजमा शान्ति कायम गर्न सहयोग गर्ने उल्लेख गर्दै प्रमुख खरेलले घटनाका प्रकृति हेरेर कुन घटना कसले हेर्ने र कुन घटनाको बारेमा कहाँ कसरि परामर्श लिने भन्नेमा तालिम केन्द्रित हुने बताए । 

    images
    images
    images

    कार्यक्रममा बोल्दै नगर न्यायिक समिति संयोजक विद्यालक्ष्मी गुरुङले तालिममा सहभागी भएर प्रशिक्षण लिने प्रशिक्षार्थीहरू न्याय सम्पादनमा सहयोगी हुने विश्वास गरिन। घटना वा झैँझगडालाई उपुक्त कानूनी परामर्श र रायका आधारमा उपयुक्त स्थानमा गएर छलफल गर्न सकियो भने त्यसले न्याय सम्पादनमा सहज हुने र पिडितले छिटो न्याय पुन सक्ने भनाई व्यक्त गरिन ।

    images
    images

    कार्यक्रममा देवदह नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टिकाराम शर्मा, वडा नम्बर १, २, ३, ४, ११ र १२ का वडा अध्यक्ष तथा न्यायिक समितिका सदस्य तथा मेलमिलापकर्ताहरूको समेत उपस्थिति रहेको थियो ।

    दुई दिनसम्म चल्ने उक्त तालिममा ७० जना महिलाहरू  सहभागी छन्। 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कानूनी परामर्श तालिम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।