Logo

२०८३, कार्तिक २८गते


images
images

देवदहको ढेकावरमा प्रहरी चौकी स्थापना

देवदहको ढेकावरमा प्रहरी चौकी स्थापना

images
  • देवदहको ढेकावरमा प्रहरी चौकी स्थापना
    images

    देवदह । रुपन्देहीको देवदह -१ ढेकावरमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ। देवदहको दक्षिणी भेगमा रहेको क्षेत्र ढेकवार ६ नम्बर चोकमा प्रहरी चौकीको स्थापना गरिएको हो।

    images
    images
    images

    प्रहरी चौकीको रुपन्देही क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य छबिलाल विश्वकर्माले उद्घाटन गरे । प्रहरी चौकीको स्थापना गर्दै प्रतिनिधि सभा सदस्य विश्वकर्माले लामो समयको पहलकदमी पश्चात् चौकी स्थापना गर्न सफल भएको बताए । स्थानीयस्तर बाट चौकी स्थापनाको माग रहेको र सर्वसाधारणको सुरक्षालाई मध्यनजर गर्दै प्रहरी चौकी स्थापना र व्यवस्थापन गरिएको उनको भनाई छ ।

    images
    images
    images

    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे, नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले मन्तव्य व्यक्त गर्दै सामाजिक अपराध नियन्त्रण गर्नका लागि जनताको साथ सहकार्य जरुरी रहेको बताए  ।अपराध नियन्त्रणका लागि प्रहरी सजक रहेको बक्ताहरुको भनाई छ  ।

    images
    images

    कार्यक्रम देवदह नगरपालिकाका नगर प्रमुख धुब्र प्रसाद खरेलको अध्यक्षता, उपप्रमुख विद्या लक्ष्मी गुरुङको स्वागत र देवदह नगरपालिका शिक्षा शाखा अधिकृत प्रशुराम ढकालको संचालनमा सम्पन्न भएको थियो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।