Logo

२०८३, कार्तिक २८गते


images
images

व्यवसायी शंकर कँडेल मृत्यु प्रकरण : किटानी जाहेरी दिएकालाई पक्राउको माग गर्दै प्रदर्शन, राजमार्ग बन्द

व्यवसायी शंकर कँडेल मृत्यु प्रकरण : किटानी जाहेरी दिएकालाई पक्राउको माग गर्दै प्रदर्शन, राजमार्ग बन्द

images
  • सेतोमसी सहकर्मी
  • व्यवसायी शंकर कँडेल मृत्यु प्रकरण : किटानी जाहेरी दिएकालाई पक्राउको माग गर्दै प्रदर्शन, राजमार्ग बन्द
    images

    राजेश पराजुली, गण्डकी प्रदेश । चितवनका स्थापित पोल्ट्री व्यवसायी शंकर कंडेलले भरतपुर–३, बेलचोकस्थित आफ्नै निवासको अफिस कोठामा झुण्डिएर आत्महत्या गरेको प्रकरणमा उनका व्यावसायिक पार्टनर अनिल रुङ्गटा र उनकै कम्पनीका चार्टर एकाउन्टेनविरुद्ध आत्महत्या दुरुत्साहनमा किटानी जाहेरी परेपछि चितवनका उद्योगी, व्यावसायीले न्यायको निम्ति आन्दोलन चर्काएका छन् ।

    images
    images
    images


    मृतकका भाइ राजन कंडेलले फेला परेको आठ पृष्ठ लामो ‘सुसाइड नोट’का आधारमा आत्महत्या दुरुत्साहनमा किटानी जाहेरी दिएपछि पक्राउ गर्न दबाब दिने उद्देश्यले ¥यालीलगायतका कार्यक्रम गरिएको बताए ।

    images
    images
    images

    बिहीबार (आज) जिल्ला प्रहरी कार्यालयबाट सुरु भएको आन्दोलनमा ¥यालीले चौबीसकोठीमा नाराबाजी गरेको छ । चौबीसकोठीदेदि सुरु भएको ¥याली जिल्ला प्रहरी कार्यालय, मालपोतचोक हुँदै केन्द्रीय बस टर्मिनलमा नाराबाजी गरिएको थियो । आन्दोलनकारीले गृहमन्त्री, चितवनका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखकको राजीनामा मागेका छन् । आन्दोनकारीले बसपार्कचोकको पाँच ठाउँमा टायरसमेत बालेका छन् ।

    images
    images

    कांग्रेस चितवनका पूर्व कोषाध्यक्षसमेत रहेका कँडेललाई आत्महत्या गर्न बाध्य पारिएको भन्दै कांग्रेस चितवनले आन्दोलनको अगुवाइ गरेको छ भने कांग्रेस कार्यकर्ता तथा कँडेलका समर्थकहरूले पूर्व–पश्चिम राजमार्गको चौबिसकोठीमा सडक अवरुद्ध गरेर प्रदर्शन गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।