Logo

२०८३, आश्विन ९गते


images
images

सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्डको ट्रफी सार्वजनिक

सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्डको ट्रफी सार्वजनिक

images
  • सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्डको ट्रफी सार्वजनिक
    images
    images

    राजेश  पराजुली, पोखरा । सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्डको ट्रफी सार्वजनिक गरिएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी बिहिबार पोखरामा पत्रकार सम्मेलन कार्यक्रमको आयोजना गरी ट्रफी सार्वजनिक गरेको हो ।

    images
    images
    images

    अवार्डको ट्रफी प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव घनश्याम पौडेल, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बराल, पूर्व अध्यक्षद्धय विनोद लामिछाने र केशव पाठक, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, छेटौं संस्करणको पोखरा स्पोटर्स अवार्डमा लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गणेश बहादुर भट्टराई र पश्चिमाञ्चल खेलकुद विकास समितिका निर्देशक कृष्ण तिमिल्सीनाले संयुक्त रुपमा सार्वजनिक गरेंका थिए ।

    images
    images
    images

    यहीं बैशाख २३ गते शनिबार दिउँसो २ बजेपछि पोखरा सभागृह हलमा सुरु हुने अवार्ड कार्यक्रमको तयारी पुरा भएको मञ्चका महासचिव राजाराम पौडेलले जनाए ।

    images
    images
    images

    यसपाली स्पोर्ट्स अवार्डमा कुल ७ वटा विधामा अवार्ड वितरण गरिनेछ । यसरी वितरण गरिने अवार्डको विधामा वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, लाइफ टाइम अचिभमेन्ट अवार्ड, उदियमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेलकुद संस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकार विधा रहेका छन् । यि मध्येमा वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी गरेर चारवटा विधाको उत्कृष्ट तीन मनोनयन सार्वजनिक भैसकेको छ ।

    जस अनुसार वर्ष खेलाडी पुरुष तर्फ क्रिकेटका करण केसी, आर्चरीका गंगाबहादुर कुँवर र टेनिसका प्रदिप खड्का मनोनयनमा परेका छन् । वर्ष खेलाडी महिलातर्फ आर्चरीकी रोजीना थापा मगर, फुटवलकी सावित्रा भण्डारी र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा मगर रहेका छन् । वर्ष खेलाडी पुरुष र वर्ष खेलाडी महिला हुन सफल खेलाडीले टेल्जि नेपालको टाइगर इलेक्ट्रिक स्कुटर र ट्रफी हात पार्नेछन् ।

    उदीयमान खेलाडीतर्फ भलिवलका रवि केसी, फुटवलका सुमित श्रेष्ठ र क्रिकेटका सुवास भण्डारी रहेका छन् । वर्ष उत्कृष्ट प्रशिक्षक तर्फ आर्चरीका किशोर कुमार गुरुङ, लनटेनिसका निरज थापा र आइटिएफ तेक्वान्दोका सुरज सुनार छन् । वर्ष उत्कृष्ट उदीयमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक तर्फका विजेताले नगद ३५ हजार रुपैयाँको साथमा ट्रफी पाउने छन्् । उत्कृष्ट ३ को मनोनयन सूचीमा परेकाहरुलाई मनोनयन ट्रफी प्रमाणपत्र प्रदान गरिनेछ ।

    यस्तै यो वर्षको लाइफटाइम अचिभमेन्ट अवार्ड बक्सिङ प्रशिक्षक विद्या प्रसाद मर्सानीलाई प्रदान गर्ने घोषणा भैसकेको छ । मर्सानीलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्ला सम्मान गरिनेछ । वर्ष उत्कृष्ट खेल संस्था वा क्लबतर्फको अवार्ड कास्की जिल्ला ह्यान्डबलसंघलाई प्रदान गरिनेछ । वर्ष उत्कृष्ट खेल पत्रकारतर्फको अवार्ड घोषणा हुन बाँकी छ । वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट पत्रकार तर्फका अवार्ड विजेताले नगद ३५ हजार रुपैयाँको साथमा ट्रफी पाउने छन् ।

    यसैगरी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताकै क्रममा दुर्घटनामा परी गत असोज ३० गते निधन भएका प्याराग्लाइडिङ खेलाडी निसिम थापाको योगदानको कदर गर्दै कीर्तिशेष सम्मान गर्ने मञ्च गण्डकीका महासचिव पौडेलले बताए ।

    अवार्ड कार्यक्रमको थप आर्कषणको रुपमा कमेडी च्याम्पियनबाट चर्चामा आएका स्याङजाका मेक्सम गौडेलको स्ट्यान्ड अप कमेडी प्रस्तुती रहनेछ । यसैगरी भेटियो सान्नानी सोल्टिबजारमा गीतबाट थप चर्चामा आएका लोक दोहोरी गायक निश्चल दवाडीको गायन प्रस्तुती, हिमाली सांस्कृतिक परिवार तथा सारेगम कला केन्द्रको नृत्य प्रस्तुती, डेमोस्ट्रेसन लगायत अवार्ड कार्यक्रमका थप आर्कषण हुन् ।

     मञ्चका अध्यक्ष बरालको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश खेलकुद परिषदका सदस्य सचिव पौडेल, मञ्चका उपाध्यक्ष सुरज श्रेष्ठ र महासचिव पौडेल लगायतले बोलेका थिए ।

    मञ्च गण्डकी, गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्था हो । यो २०५७ सालमा खेलकुद पत्रकार मञ्च कास्कीका रुपमा स्थापना भएको थियो । देश संघीयतामा गएसँगै यसलाई नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशका रुपमा स्तोरोन्नति गर्दै स्वायत्त संस्थाको रुपमा विकास गरिएको छ । हाल ७४ जना पत्रकार मञ्चमा आवद्ध छन् । खेलाडीलाई उर्जा थप्न नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्ट्स अवार्ड गर्दै आएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।