पोखर । नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष एवम् पोखराबाट प्रकाशित समाधान दैनिकका प्रधान सम्पादक रामकृष्ण ज्ञवाली राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् ।
काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रमका बिच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ज्ञवालीलाई उक्त पुरस्कार हस्तारण गरेका हुन् । सुचना तथा सञ्चार प्रविधि मन्त्रलायले उक्त पुरस्कार प्रदान गरेको हो । पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको छ ।
त्यसगरी अनिता बिन्दु, अम्बिका दाहाल, गणेश लम्साल, गम्भीरा सहनी, लक्ष्मी आचार्य र वरिष्ठ पत्रकार सम्मान राजेन्द्र दहाल र बलराम थापा पनि पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन्
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology