देवदह । पाल्पाको माथागढ़ी र रुपन्देहीको देवदहको सिमा क्षेत्रमा बेवारिसे शब् फेला परेको छ। सोमबार उक्त क्षेत्रमा शब भेटिएको देवदह प्रहरी चौकीका इञ्चार्ज डाक्टर प्रसाद चौधरीले पुष्टि गरे।
अन्दाजी ३५-४० बर्षको गेरुवा बस्त्र र श्रीराम लेखेको रुमाल ओढेको व्यक्ति मृत फेला परेको प्रहरीले जनाएको छ।
शबबाट गन्ध आउन सुरू भैसकेको उल्लेख गर्दै प्रहरीले २-३ दिन अघि नै मृत्यु भएको हुन सक्ने अनुमान गरेको छ।
के कति कारणले मृत्यु भएको भन्ने बिषयमा पोष्टमार्टम पछि नै थाहा हुन सक्ने जनाएको प्रहरीले मृतकको शवमा कुनै चोटपटक नदेखिएको बताएको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology