Logo

२०८३, आश्विन ९गते


images
images

विद्यालयमा याेग

विद्यालयमा याेग र आयुर्वेद शिक्षा दिँदै रिडी आयुर्वेद

विद्यालयमा याेग र आयुर्वेद शिक्षा दिँदै रिडी आयुर्वेद

images
  • सेतोमसी सहकर्मी
  • विद्यालयमा याेग र आयुर्वेद शिक्षा दिँदै रिडी आयुर्वेद
    images
    images

    कृष्ण अन्जान, गुल्मी ।  गुल्मीको रुरुक्षेत्र गाउँपालिकास्थित रुरुधाममा रहेकाे रिडी आयुर्वेदिक ओैषधालयले यस क्षेत्रका विद्यालयहरूमा आयुर्वेद सचेतनासँगै याेग शिक्षा कार्यक्रम गरेको छ।

    images
    images
    images

    यसक्रममा रुरुक्षेत्रकाे वडा न १ मा रहेका रिडी माध्यमिक विद्यालय, सँस्कृत माध्यमिक विद्यालय, रुरुक्षेत्र वडा न २ काे ग्वादी माध्यमिक विद्यालय र रुरुक्षेत्र ३ मा रहेको राष्ट्रिय माध्यमिक विद्यालयमा यतिबेला कार्यक्रम संचालित छ। जसमा हालसम्म तीन सय २५ विद्यार्थीले सहभागिता जनाईसकेका छन् भने विद्यालयका शिक्षक-शिक्षिकाहरुकाे समेत सहभागिता रहँदै आएको छ।

    images
    images
    images

    याेग र आयुर्वेदलाई विद्यालयहरुमा विद्यार्थीमाझमा पुर्याउँदा यसकाे प्रभावकारीता अझै बढ्ने र चिकित्सा क्षेत्रमा आयुर्वेद र याेगकाे सान्दर्भिकताप्रति विद्यार्थीहरूमा जागरुकता आउने भएकाले याे सचेतना अभियान शुरु गरिएकाे  रिडी आयुर्वेदिक अस्पतालकि कविराज दीक्षा भण्डारीले बताईन ।

    images
    images
    images

    त्यसाे त रुरुक्षेत्रको रुरुधाममा रहेको रिडी आयुर्वेदिक औषधालयमा दैनिक तीन दर्जनभन्दा बढी बिरामीहरु उपचारका लागि आउने गरेका छन । यो आयुर्वेदिक औषधालयमा आउने बिरामीको चापले आयुर्वेद चिकित्साको बढ्दो विस्वसनियता बढाएको मात्र छैन, मान्छेहरुमा आयुर्वेदप्रति आकर्षण पनि बढाएको छ ।

    विहान दश बजे खुल्ने आयुर्वेद औषधालयमा साँझ पाँच बजेसम्म बिरामी आउने क्रम चलिरहन्छ । मुख्यतया ग्यास्ट्रिक, वात , दम, हातखुट्टा जोर्नुी दुखेको र अधिकतम कतै गएर सन्चो नभएका जिर्ण रोगी यो आयुर्वेद औषधालय मा अत्यधिक आउने गरेको यहाँ कार्यरत कविराज दीक्षा भण्डारीले बताईन । यहाँबाट यतिबेला विभिन्न रोगका २२ थरी औषधि निशुल्क उपलब्ध हुने गरेको छ । यहाँ ज्येष्ठ नागरिक हरुका लागि शक्ति वर्धक र सुत्केरी महिलाका लागि दूध आउने औषधि समेत बितरण गरिँदै आएको छ ।

    धेरै जसो जेष्ठ नागरिक हरु यहाँ उपचार गर्न आउनु हुन्छ ,हामीले औषधि युक्त तेल लगाएर सेक्ने मशिन पनि सन्चालन गरेका छौँ यसपछि शरिरमा दुखेका हाड जोर्नी सेकाउन आउनेको पनि भिड लाग्ने गरेको औषधालयकी कार्यालय प्रमुख समेत रहेकी कविराज दीक्षा भण्डारीको भनाई छ । "हामीसँग पुर्ण कर्म र पन्चकर्मका लागि ल्याव छैन, सँगै योग अभ्यासका लागि उपयुक्त हल थिएन।  यतिबेला भने लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालयबाट १० लाख बजेट बिनियोजनबाट याेगाभ्यास भवन समेत निर्माण कार्य सम्पन्न भएकाे छ" भण्डारीले भनिन ।

     रुरुक्षेत्रको थोर्गा, ग्वादि, च्यूृरेक, भट्कुवा, सत्यवतिको अस्लेवा, ठुलोलुम्पेक, पाल्पाको रैनादेवी छहरा, रिव्दीकोट, तानसेन नगरपालिकाको वडा न १४ को अर्गली कुसेनी, स्याङ्जाको कालिगण्डकीको कारिकोट, किपट लगायतका क्षेत्रहरूबाट विरामीहरू यहाँ उपचारका लागि आउने गर्दछन ।

    त्यसो त मासिक रुपमा रुरुक्षेत्र गाउँपालिका वडा न ३ थानपति र वडा न २ को ग्वादिमा घुम्ती क्लिनिक समेत रिडी आयुर्वेद औषधालयले सन्चालन गरिरहेको छ। घुम्ती क्लिनिकमा हरेक पटक ४०-५० जनालाई चेकजाँच र आयुर्वेद औषधि बितरण गर्दै आएको संस्थाले जनाएको छ । 

    आयुर्वेद र योगलाई मात्र अन्धविश्वास ठान्ने, के सन्चो होला धुलो खाएर भन्ने परम्परावादी सोँचलाई वास्तवमै रिडी आयुर्वेद औषधालयले यसरी  परिवर्तन गरिदिएकाे छ कि यहाँ आउने जो कोहि पनि आयुर्वेदलाई जीवनको एउटा अङ्ग मानेर फर्किन्छन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।