कृष्ण अन्जान, बुटवल । नेपाली राजनीतिकाे उदियमान पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले गुल्मी बाट रुपन्देहीमा पेशा व्यवसाय गर्ने गुल्मीेलीहरुलाई पार्टी सम्बद्ध गुल्मी सम्पर्क समितीमा सँगठित गरेकाे छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेश सदस्य लक्ष्मी खासुकाे आतिथ्यतामा बुटवलमा भएकाे भेलाले रुरुक्षेत्र ४ का ईश्वरी प्रसाद ज्ञवालीकाे सँयाेजकत्वमा पार्टी सम्बद्ध गुल्मी सम्पर्क समिती गठन गरिएकाे रास्वपाका लुम्बिनी प्रदेश सदस्य लक्ष्मी खासुले जानकारी दिईन ।
समितीकाे सदस्यमा विवेक रायमाझी गुल्मी दरवार गाउँ पालिका ,अमृत गौतम रुरुक्षेत्र ३ थानपती,दिपक पाण्डे सत्यवती १ ,विवस पाण्डे सत्यवती १ ,राजेन्द्र प्रसाद ज्ञवाली रुरुक्षेत्र २ ,नारायण पन्थ छत्रकाेट ४ ,बिमल ज्ञवाली रुरुक्षेत्र ५ कृष्ण गौतम रुरुक्षेत्र ४ ,राम प्रसाद पाेख्रेल रुरुक्षेत्र ३ आत्माराम उपाध्यक्ष दधिश्वर पौडेल मालिका,भरत केसी मालिका रहेका छन ।
पार्टीको साँगठनिक अभियान गुल्मी जिल्लाका गाउँ गाउँमा पुर्याउनु पार्टीले अभियान शुरु गर्न लागेको बताउँदै राष्ट्रिय स्वतन्त्र पार्टीमा गाेलबन्द हुन आम गुल्मेली जनतालाई पनि राष्ट्रिय स्वतन्त्र पार्टीकी लुम्बिनी प्रदेश सदस्य लक्ष्मी खासुले आग्रह गरेकी छन ।
देशले आमूल परिवर्तन खाेजि रहेको र परिवर्तनकाे वहक राष्ट्रिय स्वतन्त्र पार्टी बाहेक अरु हुन नसक्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीमा सँगठित हुन आवस्यक रहेकाे भेलामा उनले बताईन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology