कृष्ण अन्जान, कास्की । पाेखराकाे प्रसिद्ध अकलादेवी तथा लक्ष्मीनारायण मन्दिरको २६औं वार्षिक साधारण सभा तथा १३औं अधिवेशन शनिवार मन्दिर परिसर पाेखरा महानगर पालिका वडा न १९ बँगैचामा सम्पन्न भएकाे छ ।
अधिवेशनले रामचन्द्र आचार्यको अध्यक्षत्वमा नयाँ कार्यसमिति गठन भएकोमा कार्यसमिति गठन भएकाे छ ।
कार्यसमितिकाे उपाध्यक्षमा पार्वती काफ्ले ,सचिवमा हिमा केसी ,काेषाध्यक्षमा राजेन्द्र आचार्य चयन भएका छन ।
यसैगरी सदस्य हरुमा जान्हवि आचार्य ,शिवराम पेडेल ,रेणुका आचार्य ,रुपा केसी ,कमल भुजेल ,रविलाल सुनार , र हुमा पौडेल रहेका छन ।
पाेखरा महानगरपालिकामा रहेका शक्तिपिठ हरु मध्येकाे अकला क्षेत्र प्रसिद्ध शक्तिपिठ मानिन्छ । यस क्षेत्रमा उपल्लो अकला र तल्लाे अकलादेवि तथा लक्ष्मीनारायण मन्दिर रहेकाे छ ।
उपल्लो अकला र तल्लो अकलादेवी तथा लक्ष्मी नारायण मन्दिरमा दैनिक जसाे भक्तजन हरुकाे भिड लाग्ने गर्दछ ।
पाेखरा महानगर पालिकाकाे बगर लामाचाौर चौक ,वडा कार्यालय ,कराए चौतारा हुँदै याे ठाउँमा पुग्न सकिन्छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology