Logo

२०८३, कार्तिक २८गते


images
images

बालविवाह न्यूनिकरणका लागि जनप्रीय माविमा सचेतनामुलक नाटक प्रदर्शनी

बालविवाह न्यूनिकरणका लागि जनप्रीय माविमा सचेतनामुलक नाटक प्रदर्शनी

images
  • सेतोमसी सहकर्मी
  • बालविवाह न्यूनिकरणका लागि जनप्रीय माविमा सचेतनामुलक नाटक प्रदर्शनी
    images

    राजेश पराजुली,गण्डकी प्रदेश । चितवनको इच्छाकामना गाउँपालिकाको ग्रामिण भेगहरुमा अझै बालविवाह हुने क्रम रोकिएको छैन । बालविवाह न्यूनिकरणका लागि  बेलाबेलामा विभिन्न कार्यक्रमहरु हुने गरेका छन् । तर अझै बालविवाह पूर्णरुपमा रुपमा रोक्न सकेका छैनन् ।

    images
    images
    images


    यसैबिच जनप्रिया माध्यमिक विद्यालय इच्छाकामना २ कल्याणटारमा बाल अधिकार समुहले नाटक प्रदर्शन गरेका छन् । बालविवाह न्यूनिकरणका लागि सामाजका यथार्थ घटनालाई नाटकमा प्रश्तुत गर्दै बालविवाहविरुद्ध अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित बालअधिकार समुहले सचेतनामुलक नाटक प्रदर्शन गरेका हुन् ।

    images
    images
    images


    जनप्रिया माविका प्रधानाध्यापक नेत्रप्रसाद अधिकारीले यस नाटक प्रदर्शनका लागि सहयोग गरिदिएकोमा इन्सेकलाई धन्यावाद दिए । उनले इन्सेकले बालअधिकार महिला अधिकार लगायत विविध पक्षमा काम गर्दै आएको जानकार रहेको बताए ।

    images
    images


    बालविवाह रोक्न र विद्यालयमा टिकाई राख्न धेरै प्रयात्न गरेपनि नसकेकोमा यस्ता सचेतनामुलक कार्यक्रमहरुका कारण विवाह गरेर गएकाहरुलाई पनि विद्यालयमा पुन फर्काउन सकिएको बताए ।


    हाम्रो बिद्यालयका केही विद्यार्थीहरु विवाह गरेर गए, हामीले रोक्नमा धैरै कोसिस ग¥यौँ तर सकेन ,अहिले फर्काउन सफल भएका छौँ ।’ यस्ता नाटकहरुले सम्पूर्णमा प्रभाव पार्ने प्रअ अधिकारीको भनाई छ ।


    वडाध्यक्ष पञ्च बहादुर चेपाङले विद्यार्थी माझ यस्ता कार्यक्रम आयोजना गरेकोमा इन्सेकलाई धन्यावाद दिए। उनले आगामी दिनहरुमा पनि इन्सेकसंग सहकार्य गर्ने बताए ।


    नाटक प्रदर्शन कार्यक्रममा वडाध्यक्ष सहित जनप्रतिनिधि, संघसंस्थाका प्रतिनिधि,शिक्षक विद्यार्थी अभिभाव र स्थानियहरुको उपस्थिति रहेको इन्सेक चितवनका सहजकर्ता गायत्री गिरिले जानकारी दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।